शनिबार, ८ वैशाख २०८१

कहिले रोक्ने नगर्नुहोस् पिसाव

समयपोष्ट २०७३ फागुन २२ गते ७:५१

कामको ब्यस्तताले गर्दा कयौ मानिसहरु घण्टौ पिसाब फेर्दैनन् । दुई देखि तिन घण्टा पिसाव राकेर राख्दा स्वास्थमा विभिन्न किसिमका जटिल समस्याहरु उत्पन्न हुनसक्छ । पिसावमा युरिया,एमिनो एसिडजस्ता विशाक्त तत्वहरु पाईन्छ । त्यसकारण पिसावलाई लामो समयसम्म रोकर राख्दा यो किड्नीसम्म पुग्ने र यसले किड्नी स्टोनको समस्या पैदा गराउँनसक्छ । त्यस्तै लामो समयसम्म पिसाव रोक्दा पिसाव थैलीमा ब्याक्टेरियाहरु जम्मा हुनेगर्छ । यस्ता ब्याक्टेरियाले युरिनरी ट्राक्ट इन्फेक्सन गराउँछ । त्यस्तै पिसाव फेर्दा जोडले दुख्ने समस्या पनि हुनेगर्छ । पिसाव रोक्दा यसले मृगौला बिगार्ने सम्भावना पनि बढी मात्रामा हुन्छ । पिसाव रोक्दा मृगौलामा बढी दवाब पर्नजाने हुँदा यसले मृगौला फेल हुनसक्छ । यस्तै पिसावको रंगमा परिवर्तन आउँने र पिसाव सामान्य भन्दा बढी गन्हाउँने पनि हुन्छ । पिसाव रोक्दा ब्लाडरको मांशपेसिहरु कमजोर हुनगई पेटको समस्या निम्त्याउँनसक्छ ।   

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री