बिहीबार, १३ वैशाख २०८१

नेपाल लाइफको एफपीओ : यसरी भयो बाँडफाँड

समयपोष्ट २०७३ फागुन २० गते ७:३७

नेपाल लाइफ इन्स्योरेन्सले शुक्रबार थप नयाँ सेयर एफपीओ  बाँडफाँड गरेको छ । कम्पनीले २ लाख ५५ हजार २ सय १५ आवेदन मध्ये २ लाख ५५ हजार ५३ आवेदकलाई मात्र सेयर बाँडफाँडमा सहभागि गराएको छ । जसमा कुल आवेदक मध्ये १ सय ६२ आवेदन रद्ध गरिएका छन् । सहभागि आवेदक मध्ये १ लाख ६५ हजार ५ सय ६४ आवेदकले मात्र सेयर पाएका  छन् ।

Advertisement

१ सय ८० कित्तासम्मका १ लाख २५ हजार ५ जनाले १० कित्ता सेयर पाएका छन् भने १० कित्ताका लागि २३ हजार एक सय ४८ जनाले सेयर आवेदन गरेकोमा ५ हजार ५ सय ३ जनाले १० कित्ता नै सेयर पाएका छन् । २० कित्ताका आवेदक ९ हजार ३७८ रहेकोमा ४ हजार ३७७ जना र ३० कित्ताका आवेदक १ लाख ६३ हजार ८०१ रहेकोमा १ लाख १४ हजार १२५ जनाले सेयर पाएका छन् ।

४० कित्ताका आवेदक मध्ये  ८ सय ३६ जानले सेयर पाएका छन् भने ५० कित्ताका आवेदक मध्ये २ हजार ३ सय ४६ जनाले सेयर पाएका छन् । यस्तै ६० कित्ताका आवेदक मध्ये ५ सय ५४ जनाले मात्र सेयर पाएका छन् भने ७० कित्ताका आवेदक मध्ये १ हजार २ सय ४५ जनाले मात्र सेयर पाएका छन् । ८० कित्ताका आवेदक मध्ये ५ सय १४ जना, ९० कित्ताका आवेदक मध्ये १ सय ७० जना, र १ सय कित्ताका आवेदक मध्ये ४ हजार ८० जनाले सेयर पाएका छन् । 

त्यस्तै गोला प्रथाबाट १ सय १० कित्ताका आवेदक मध्ये ९ सय ५७ जनाले सेयर पाएका छन् भने १ सय २० कित्ताका आवेदक मध्ये ३ सय ८ जनाले सेयर पाएका छन् । १ सय ३० कित्ता मागेकाहरुबाट २ सय ९६ जनाले सेयर पाउँदा १ सय ४० कित्ता माग्नेहरु मध्येबाट ९ सय १८ जनाले सेयर पाएका छन् ।१५० कित्ता हाल्नेमध्ये १२ सय १६ जनाले र १६० कित्ता हाल्ने मध्ये ३४७ जनाले शेयर पाएका छन् । 

कम्पनीले  १०० रुपैयाँ अंकित दरको शेयरमा १३ सय २५ रुपैयाँ प्रिमियम जोड्दै १४ सय २५ रुपैयाँ एफपिओ जारी गरेको थियो। 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री