शुक्रबार, १६ चैत २०८०

प्रधानमन्त्री दाहाल र भियतनामी सहायक विदेश मन्त्रीबीच भेटवार्ता

समयपोष्ट २०७३ फागुन २० गते ५:०३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भियतनामका सहायक विदेश मन्त्री फाम सान चाउले भेट गरेका छन् । चाउले शुक्रबार बिहान बालुवाटार पुगी प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्रीले भियतनामको राजनीतिक क्रान्तिबाट आफू प्रेरित भएको बताउँदै भियतनामीको स्वाभिमानप्रति आफ्नो उच्च सम्मान रहेको बताए ।

Advertisement

भियतनामले द्रुत आर्थिक विकास र युद्धपछिको पुनर्निर्माणमा राम्रो प्रगति गरेको भन्दै प्रधानमन्त्रीले त्यसबाट आफूले शिक्षा लिएको बताए । प्रधानमन्त्रीले सेना समायोजन र हतियार व्यवस्थापन विश्वका लागि शिक्षाप्रद भएको भन्दै नेपाल संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा अगाडि बढेको जानकारी दिए ।

भेटमा प्रधानमन्त्रीले नेपालले भियतनामसँग  कृषि, प्रविधि, जलविद्युत र पर्यटनमा सहकार्य गर्न इच्छुक रहेको समेत बताए । भेटमा चाउले प्रधानमन्त्रीलाई भियतनाम भ्रमणको निम्तो दिँदै नेपालमा आर्थिक विकासका प्रशस्त सम्भावना रहेको  बताए । चाउले जलविद्युतको क्षेत्रमा भियतनाम पनि नेपालसँग सहकार्य गर्न ईच्छुक रहेको बताउँदै त्यसका लागि सहकार्य जारी राख्ने बताए ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री