शुक्रबार, १४ वैशाख २०८१

एन बि बैंकले हकप्रद सेयर निश्कासन गर्न पायो स्विकृती

समयपोष्ट २०७३ फागुन १८ गते ७:५९

नेपाल बंगलादेश बैंकले ८० प्रतिसत् हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ ।  बैंकले प्रति कित्ता १ सय रुपैयाँ  अंकित मूल्यको ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८ सय ८० रुपैयाँ बराबरको ३ करोड २० लाख ९४ हजार ६८ दशमलब ८० कित्ता हकप्रद सेयर निष्काशन गर्ने अनुमति धितोपत्र बोर्डबाट पाएको हो ।

Advertisement

 बैंकको  सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि बैंकको पूँजी करिब ७ अर्ब २२ करोड ११ लाख रुपैँया पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री