ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना, काठमाडौँ महानगरले काट्यो ८ वटा पत्र


काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गरेको छ। राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार राजावादीहरूले गरेको प्रदर्शनका क्रममा वातावरण प्रदूषण, तोडफोड र आगजनी भएको भन्दै महानगरले यो निर्णय गरेको हो।

महानगरपालिकाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐनअनुसार जरिवाना लगाएको जनाएको छ। प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वर, जडीबुटी, सिनामंगल, बालकुमारी र महादेवस्थान क्षेत्रमा सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको, रुख, बिरुवा र रेलिङ तोडफोड गरेको तथा दमकलमा क्षति पुर्‍याएको लगायतका आरोपमा जरिवाना गरिएको छ।

Advertisement

महानगरले पूर्वराजा शाहलाई ८ वटा पत्र काट्दै जरिवाना र क्षतिपूर्तिको माग गरेको छ। प्रदर्शन पूर्वराजाको सहमतिमा भएको दाबी गर्दै महानगरले फोहोरमैला व्यवस्थापनमा भएको अवरोध र सार्वजनिक सम्पत्तिको क्षतिलाई आधार बनाएको छ।

जरिवानाको विवरण:
कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर: १ लाख रुपैयाँ
महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर: १ लाख रुपैयाँ
तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर: १ लाख रुपैयाँ
जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर: १ लाख रुपैयाँ
बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर: १ लाख रुपैयाँ
सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर: १ लाख रुपैयाँ
दमकल तोडफोड: १ लाख ३० हजार रुपैयाँ
तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड: ६३ हजार रुपैयाँ

प्रतिक्रिया

सम्बन्धित सामाग्री