मंगलबार, १० असार २०८२

नेपाललाई थप ६ सय मेगावाट विद्युत् दिन भारत सहमत

समयपोष्ट २०८१ चैत १३ गते २१:३५


ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र परराष्ट्रमन्त्री डा. आरजु राणाको कूटनीतिक पहलमा भारतले नेपाललाई थप ४ घण्टा विद्युत् उपलब्ध गराउने सहमति जनाएको छ। इन्डियन इनर्जी एक्सचेन्जमार्फत थप ६ सय मेगावाट विद्युत् दिन स्वीकृति प्रदान गरिएको हो। यो विद्युत् ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आपूर्ति हुनेछ।

Advertisement

हाल भारतले जुन ३० सम्मका लागि सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो। नेपालमा सुक्खायाममा हुने विद्युत् संकट समाधानका लागि थप विद्युत् माग गरिएको थियो। ऊर्जा मन्त्रालयका अनुसार मन्त्री खड्काको अनुरोध र परराष्ट्रमन्त्री राणाको पहलपछि भारतले यो सहमति जनाएको हो।

मन्त्री खड्काले भने, “नेपाली जनतालाई चौबीसै घण्टा विद्युत् उपलब्ध गराउने सरकारको प्रतिबद्धता छ। लोडसेडिङ हुने हल्ला मात्र हो, कसैले पनि हल्लाको पछि नलाग्नुहोस्।” उनले भारत सरकारको यो सहयोगले सबै नेपालीका लागि खुसीको कुरा भएको बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री