मंगलबार, ६ साउन २०८२

नेपाल लाइफका सञ्चालकद्धारा पदवहाली

समयपोष्ट २०८१ चैत २ गते १७:५३

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा २०८१ चैत्र २ गते होटल सोल्टी, वीरगञ्जमा सम्पन्न भएको छ। उक्त सभामा सर्वसाधारण शेयरधनीहरू (समूह ‘ख’) बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन प्रक्रिया पनि सम्पन्न भएको छ। निर्वाचनमा विमल प्रसाद ढकाल, सञ्जीवराज लम्साल र शिल्पा श्रेष्ठ ढुंगाना सञ्चालक समितिको सदस्य पदमा निर्वाचित भएका छन्।

निर्वाचन सम्पन्न भएपश्चात् चैत्र १२ गते बसेको कम्पनी सञ्चालक समितिको ३२३औं बैठकले बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित तीनजना सञ्चालक सदस्यहरूले अध्यक्ष गोविन्द लाल संघाईबाट शपथ ग्रहण गरी आफ्नो कार्यभार सम्हालेको जानकारी कम्पनीले सार्वजनिक गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री