प्रथम डिएभी अन्तरकलेज फ्रेन्डली फुटसल टुर्नामेन्ट भव्य रूपमा सम्पन्न
सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ललितपुरको धोबिघाटमा अवस्थित डिएभी अन्तर्राष्ट्रिय कलेजले आयोजना गरेको प्रथम डिएभी फ्रेन्डली फुटसल टुर्नामेन्ट फागुन १० गते कलेज परिसरमा भव्य रूपमा सम्पन्न भएको छ।
यो टुर्नामेन्टमा काठमाडौं उपत्यकाका चारवटा बीएससी सीएसआईटी अध्ययनरत कलेजका विद्यार्थी टोलीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा महर्षि कलेज, शिक्षालय कलेज र आयोजक डिएभी अन्तर्राष्ट्रिय कलेजलाई उछिन्दै हिमालय कलेजले प्रथम डिएभी फ्रेन्डली फुटसल टुर्नामेन्टको उपाधि जित्न सफल भयो।
पुरस्कार वितरण समारोहमा सहभागी सबै कलेजका खेलाडीहरूको प्रतिभा र उत्साहको कदर गर्दै प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। डिएभी बीएससी सीएसआईटीका प्रमुख शशिभूषण चतुर्वेदीले बताएअनुसार यो टुर्नामेन्टको मुख्य लक्ष्य सीएसआईटी कलेजहरूबीच आपसी मित्रता र सहकार्य अभिवृद्धि गर्नु रहेको थियो।
कलेजद्वारा जारी विज्ञप्तिअनुसार यो फुटसल प्रतियोगितालाई निरन्तरता दिई आगामी वर्षहरूमा काठमाडौं उपत्यकाका सबै बीएससी सीएसआईटी कलेजहरूलाई समावेश गर्ने योजना रहेको छ।
प्रतिक्रिया