शनिबार, १५ वैशाख २०८१

अमेरिकाको टेक्सासमा होलिको रौनक……

समयपोष्ट २०८० चैत १४ गते ७:२६

Advertisement

अमेरिकाको टेक्सास राज्यको फोर्टअर्थ सिटीमा नेपालीहरुले भब्यताका साथ होलि पर्व मनाएका छन।

यहाँ सक्रिय तीन वटा संस्थाले सङ्युक्ता आयोजना गरी गत मार्च 24 तारीकका दिन फोर्टअर्थको बासवुडमा मनाएका थिए ।

फोर्ट अर्थ नेपाली समाज, नेप्लिज डिभाज फाउन्डेसन र नेपाली पाठशालाले आयोजना गरेको होली कार्यक्रम नेपाली राष्ट्रियगानबाट सुभारम्भ गरिएको थियो भने नेपाली पन्चेबाजा बजाएर अन्त्य गरिएको थियो।

उक्त रमाइलो होलीको कार्यक्रममा फोर्टअर्थ समाजका अग्रसर युवाहरु मधुर खरेल, सन्देश उप्रेती, राजु कोइराला, आशिष उप्रेती, शिव पौडेल, आकाश अधिकारी, शुभाष बञ्जाडेले सक्रिय भुमिका निभाएका थिए भने नेपाली पाठशालाबाट निर्मल पाण्डे, सन्जिब पन्त लगायत टिमका सदस्यहरुले होलिलाई विशेष रमाइलो बनाउन उतिकै उत्साहका साथ स्वयंसेवकको रूपमा खटेका देखिन्थे।

यसैगरी नेप्लिज डिभाज फाउन्डेसनका तर्फबाट लक्ष्मी भण्डारी, बिनिमा सुवेदी, सत्या सापकोटा, मिता कार्की, बिर्ती रिसाल, रिमा पौडेल, अजिता कडेल लगायत टिम सदस्य जागरुक महिलाहरुले होलिलाई रमाइलो बनाउन आ आफ्नो तर्फबाट उतिकै हौसलाका साथ खटेर होलि माहौललाई अझ आकर्षक बनाएका थिए ।

उद्घोषिका भगवती चालिसे रहेको यस होलि कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारी प्रमुख अतिथि रहनुभएको थियो। चिसो मौसम रहेपनि त्यसको प्रवाह नगरी सहभागीहरूले होलीको मज्जा लिईरहेका थिए ।

डिजेको संगित संयोजनमा रङ्ग सग रमाउदै नाचगानमा मनोरंजन लिएका थिए । नेपालीहरुको पर्बमा स्थानीय अमेरिकनहरु होलि खेलेर नाच्दै रमाएको देख्दा नेपाली कल्चरलाई स्थानीयबासीले रुचाएको महसुस भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री