शनिबार, १५ वैशाख २०८१

नेप्सेमा दोहोरो अंकको गिरावट

समयपोष्ट २०८० चैत ८ गते १५:२७

Advertisement

साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक १५.३७ अंक घटेर २०४८.५७ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स २.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ४९ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१५ स्टकको ५२ हजार ३१७ पटकको कारोबारमा ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ बराबरको १ करोड ८५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

सर्वोत्तम सिमेन्टको शेयर निरन्तर तेस्रो कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। गत मंगलबारदेखि कारोबारमा आएको यस कम्पनीको शेयरमूल्य, यस दिन ७३९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज माछापुच्छ्रे बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको १ अर्ब २१ करोड ३२ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। यसैका कारण कारोबार रकम बढ्न पुगेको हो। गोर्खाज फाइनान्सको २७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

आज व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक ०.६५ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री