बुधबार, १९ वैशाख २०८१

बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति ?

समयपोष्ट २०८० फागुन ३० गते ९:४१

Advertisement

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १७ वाणिज्य बैंकहरुले आज सुचना प्रकाशित गरेर ब्याजदर घटाएका हुन । दुई वाणिज्य बैंकहरुले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने एनआईसी एशियाले भने बढाएको छ।

बैंकहरुको ब्याजदर औषतमा ०.५०४२ प्रतिशतविन्दु घटेको छ। फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ७.७५ प्रतिशतविन्दु रहेको २० बैंकहरुको अधिकतम औषत ब्याजदर चैत महिनामा घटेर ७.२५ प्रतिशतविन्दुमा झरेको छ। १७ वाणिज्य बैंकहरुले ब्याजदर घटाएसँगै औषत ब्याजदर पनि घट्न पुगेको हो। यता बैंकहरुको संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने बढेको छ। फागुनमा ५.७४ प्रतिशतविन्दु रहेको बैंकहरुको संस्थागत निक्षेपको अधिकतम औषत ब्याजदर, चैत महिनामा ०.२६ प्रतिशतविन्दु बढेर ६ प्रतिशतविन्दु पुगेको छ।

एनआईसी एशिया बैंकले चैत महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.५४ प्रतिशतका दरले ब्याज दिने भएको छ। फागुनमा बैंकको यस्तो ब्याजदर ८ प्रतिशत थियो। त्यसैगरी, बैंकले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि ६ प्रतिशतबाट बढाएर ७.५४ प्रतिशत पुर्याएको छ।

फागुन महिनाको तुलनामा चैत महिनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा एभरेष्ट बैंक र एनएमबि बैंक रहेका छन्। यी दुबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर १.५ प्रतिशतविन्दु घटाएका छन् भने संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.५ प्रतिशतविन्दु घटाएका छन्।

Advertisement

व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा प्रभु बैंक र ग्लोबल आइएमई बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। यी दुई बैंकले यस्तो खातामा चैत महिनामा पनि ७.५ प्रतिशतका दरले नै ब्याज दिने भएका छन्। यद्यपि, यी दुई बैंकहरुको संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर भने १ प्रतिशतविन्दु बढेको छ।

कृषि विकास बैंकको ब्याजर सबैभन्दा कम रहेको छ। यस बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ५.६६१ प्रतिशतका दरले ब्याज दिने भएको छ भने संस्थागतमा अधिकतम ४.०१ प्रतिशतका दरले ब्याज दिने भएको छ।

प्राइम बैंकको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटेर ७.२५ प्रतिशत तोकेको छ भने संस्थागततर्फ ०.८५ प्रतिशत बढेर ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा संस्थागततर्फ ५.४ प्रतिशत र व्यक्तिगततर्फ ७.४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

नेपाल एसबिआई बैंकले व्यक्तिगततर्फ १.०९ प्रतिशत घटाएर ७.०१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर तोकेको थियो ।

कुमारी बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत घटाएर ७.५१ प्रतिशत र संस्थागततर्फ ०.५० प्रतिशत बढाएर ६.५१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि फागुनमा व्यक्तिगततर्फ ८.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर निर्धारण थियो ।

लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याज प्रदान गरेको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ १ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो ।

सानिमा बैंकले व्यक्तिगततर्फ ०.२६ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ ०.७४ प्रतिशत बढाएर ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले फागुनमा व्यक्तिगततर्फ ७.५१ प्रतिशत र संस्थागततर्फ ५.५१ प्रतिशत ब्याजदर निर्धारण थियो ।

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ७.३५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण थियो ।

नेपाल बैंकले ०.२५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ७.३५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

हिमालयन बैंकले व्यक्तिगततर्फ ०.६५ प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ०.१५ प्रतिशत घटेर ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसअघि फागुनमा व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत बढाएर ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो ।

सिटिजन्स बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ०.३५ प्रतिशत बढाएर ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको थियो ।

नबिल बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत बढाएर ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर तोकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री