शनिबार, १५ वैशाख २०८१

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

समयपोष्ट २०८० फागुन २१ गते ११:१२

Advertisement

प्रभु इन्स्योरेन्स लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५ प्रतिशत बोनस र सोमा लाग्ने कर बापत ०.२५ प्रतिशत नगद गरी जम्मा ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री