शुक्रबार, १४ वैशाख २०८१

“राष्ट्र बैंकसँग समन्वयन गरेर काम गर्छु”

समयपोष्ट २०७९ चैत १७ गते १८:०४

Advertisement

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने बताएका छन् ।

शुक्रबार सिंहदबारस्थित मन्त्रालयमा पदवहालीका क्रममा नवनियुक्त अर्थमन्त्री महतले भने, ‘अर्थतन्त्रको समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ । समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौं ।’

नवनियुक्त अर्थमन्त्री महतले व्यवसायीमा देखिएको नैराशयता अन्त्य गर्न राष्ट्र बैंकको अहम भूमिका रहेको भन्दै अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग समन्वयन गरेर काम गर्ने बताए ।

लगानीमा नकारात्मक वातावरण बनेको भन्दै त्यसलाई सकारात्मक बनाउन आवश्यक रहेको बताए । उनले त्यसमा राष्ट्र बैंकको ठूलो भूमिका हुने भन्दै यो र त्यो भन्ने भन्दा पनि राष्ट्र बैंक सँगसँगै काम गर्ने बताए ।

‘यो र त्यो भन्ने होइन । हामी सँगै काम गर्ने हो । राज्य संरचनाको जिम्मेवारीलाई यो र त्यो नभनी अर्थतन्त्रलाई उकास्ने हो’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री