शुक्रबार, १४ वैशाख २०८१

दोधारा चाँदनीमा सुविधा सम्पन्न अस्पताल निर्माण हुँदै

rss २०७९ चैत १५ गते २१:४८

Advertisement

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा १५ शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ ।

नगरप्रमुख किशोरकुमार लिम्बूले असारमा निमार्ण सम्पन्न गरिसक्ने गरी काम भइरहेको बताउनुभयो । “निर्माण क्रममा मध्यवर्ती क्षेत्रका कारण केही अवरोध देखिए पनि अहिले कामले तीव्रता पाएको छ”, उहाँले भन्नुभयो, “दुई तले लिफ्टसहितको सुविधा सम्पन्न भवन निर्माण भइरहेको हो ।”

अस्पताल निर्माणपछि यहाँका नागरिकले घर आँगनमै स्वास्थ्य सेवा पाउने उहाँको भनाइ छ । आगामी असारमा निर्माण सम्पन्न सक्ने गरी केएस जेबी बाशुलिङ मित्र जेबीसँग रु १० करोड ८५ लाखमा ठेक्का सम्झौता भएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले सङ्घीय सरकारको कार्यक्रमअनुसार प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल बनाउने योजनाअनुरूप अस्पताल निर्माण भइरहेको बताउनुभयो । “अस्पताल निर्माण भइसकेपछि कम्तीमा दुई विशेषज्ञ चिकित्सक बस्ने प्रस्ताव गरिएको छ”, उहाँले भन्नुभयो, “अहिले नागरिकले प्राथमिक स्वास्थ्य केन्द्रबाट सामान्य स्वास्थ्य सेवा पाइरहेका छन ।” उहाँले दोधारा चाँदनीमा अहिले गैरसरकारी संस्थाको सहयोगमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुगेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री