बिहीबार, २७ वैशाख २०८१

जीवन बीमा कम्पनीद्धारा आठ महिनामा ९३ अर्ब ७५ करोड रुपैयाँ बीमा शुल्क आर्जन, कुन कम्पनीको कति ?

समयपोष्ट २०७९ चैत १५ गते १०:४६

Advertisement

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७८/७९ को ८ महिना (फागुनसम्म) मा ९३ अर्ब ७५ करोड ३७ लाख ८१ हजार बीमाशुल्क आर्जन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले जारी गरेको फागुन महिनासम्मको वित्तीय विवरण अनुसार यो गत वर्षको तुलनामा मात्रै १.६९ प्रतिशतले बढी हो। गत वर्षको फागुन महिनासम्म यस्तो व्यावसाय ९२ अर्ब १९ करोड १५ लाख रुपैयाँ बराबर थियो।

यस अवधिमा १ करोड ४० लाखभन्दा बढी बीमालेखबाट बीमा शुल्क आर्जन भएको हो।

फागुन महिनामा मात्र कम्पनीहरुले ९ लाख ६० हजार वटा बीमालेखबाट १० अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए।

Advertisement

चालु आर्थिक वर्षको ८ महिनामा सबैभन्दा बढि बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ। कम्पनीले २४ अर्ब ३७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

यस्तै दोस्रो स्थानमा एलआइसी नेपाल रहेको छ। कम्पनीले ११ अर्ब ४९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

तेस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स छ। कम्पनीले १० अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

चौथो स्थानमा राष्ट्रिय बीमा संस्थान छ। कम्पनीले ६ अर्ब ७३ करोड रुपैयाँ आर्जन गरेको हो।

यस्तै सुर्यज्योती लाइफ पाचौं स्थानमा छ। कम्पनीले ५ अर्ब ५१ करोड रुपैयाँ आर्जन गरेको छ।

त्यस्तै, युनियन लाइफले ५ अर्ब १७ करोड, एशियन लाइफले ४ अर्ब ५५ करोड, सिटिजन् लाइफले ३ अर्ब ५७ करोड, मेट लाइफले ३ अर्ब ३९ करोड, प्राइम लाइफले २ अर्ब ९६ करोड, आइएमई लाइफले २ अर्ब ६२ करोड, सन नेपाल लाइफ २ अर्ब ५८ करोड, रिलायबल नेपाल २ अर्ब ३५ करोड रुपैयाँ आर्जन गरेको छ।

गुराँस लाइफले १ अर्ब ५८ करोड, सानिमा लाइफ १ अर्ब ६५ करोड, प्रभु लाइफ एक अर्ब ४० करोड र सबैभन्दा कम बीमा शुल्क आर्जन महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको छ। कम्पनीले एक अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री