
बलिउड अभिनेता अक्षय कुमार फिल्मको सेटमा सुटिङको क्रममा घाइते भएका छन् ।
अक्षयको घुँडामा चोट लागेको बताइएको छ । अहिले अक्षयले घुँडाको ब्रेस लगाएका छन् । कम चोट लागेका कारण हाल उनी सेटमा फर्किएका छन् ।
अहिले टिमले अक्षय कुमारको एक्सन सिन स्थगित गरेको छ । तर, सुटिङको समयतालिका पूरा गर्न स्कटल्याण्डमा क्लोज-अप र अन्य दृश्य छायाङ्कन भइरहेको छ।
स्कटल्याण्डमा टाइगर श्रौफसँग फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को सुटिङ गरिरहेका छन् । अक्षय र टाइगर पहिलो पटक स्क्रिन सेयर गर्दैछन् ।
सोनाक्षी सिन्हा फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा अक्षय र टाइगरसँगै देखिनेछिन् । फिल्मका निर्देशक अली अब्बास जफर हुन् । चलचित्रलाई वासु भगनानी, दीपशिखा देशमुख र हिमांशु किशन मेहराले निर्माण गरेका हुन् । दुवै कलाकार आफ्नो एक्शन दृश्यका लागि परिचित छन् । जसका कारण फिल्ममा रोमाञ्चक एक्सन दृश्य पनि हुने अपेक्षा गरिएको छ ।










प्रतिक्रिया