शनिबार, १५ वैशाख २०८१

मर्जरमा नजाने कम्पनीलाई पक्कै पनि प्रेसर पर्छ

समयपोष्ट २०७९ चैत १० गते १५:२५

Advertisement

निर्जीवन बीमा क्षेत्रको पछिल्लो अवस्था के छ ?

निर्जीवन बीमा क्षेत्रमा समग्रमा जुन हिसाबको वृद्धि हुनुपर्ने हो, त्यो भएको छैन । पाँच–सात प्रतिशत मात्र भएको छ । कोरोना महामारीको प्रभाव अहिले यस क्षेत्रमा देखापर्नु नै मुख्य कारण हो । अहिले विश्वअर्थतन्त्रलाई नै कोरोना महामारीको असर परिरहेको छ । रुस र युक्रेन युद्धले पनि अर्को प्रभाव पारिरहेको छ । देशमा राजनीतिक स्थायित्व पनि नदेखिँदा विकास खर्च हुन पाएको छैन । विकास निर्माणका काम नहुँदा बीमाको हिस्सा पनि बढ्न सक्दैन । त्यसकारण विगतका दिहरुमा जस्तो प्रतिशतमा जति ग्रोथ हुनुपर्ने हो, त्यो भएको छैन ।

बीमा कम्पनीहरुलाई चुक्ता पुँजीवृद्धि गर्न नेपाल बीमा प्राधिकरणले दिएको चैत मसान्तसम्मको समयसीमा सकिनै लाग्दा पनि त्यति उत्साह देखिएन । समस्या कहाँनिर छ ?

नियामक निकायले पुँजीवृद्धिका लागि ल्याएको टाइमफ्रेम एकदम कम भएको छ । तर पनि चार कम्पनी मर्ज भइसकेका छन् । छोटो समयमा यसरी जानुलाई उत्साह नै मान्नुपर्छ । पुँजीवृद्धिका लागि हकप्रद सेयर नभएर मर्जरमा नै जाने भनेपछि स्वस्फूर्तरुपमा जानुपर्ने भयो । छोटो समयमा यसरी जानुलाई राम्रो मान्न सकिन्छ । आगामी दिनमा कम्पनीको पुँजीवृद्धि भइसकेपछि उसको व्यवसायको आकारमा वृद्धि हुन सक्छ । यसले गर्दा मर्जरमा नजाने कम्पनीहरुलाई पक्कै पनि प्रेसर पर्छ ।

अहिलेसम्म मर्जरका लागि जोडी नभेट्टाएका कम्पनीहरुलाई प्राधिकरणले के गरिदिनुपर्ला ?

नियम सबैलाई लागु हुन्छ । यो चैतपछि नै थाहा होला । उहाँहरुले सबैलाई पुर्याउन आग्रह गरिरहनुभएको छ । आठ–दस कम्पनीहरु मर्ज हुने, केही कम्पनीको पुँजी पुगिसकेको अवस्थामा साना पुँजी भएका कम्पनीहरुले आफैं सोच्नुपर्ने अवस्था आउँछ । के गर्ने, के नगर्ने भन्ने कुरामा प्राधिकरणले निर्णय गर्छ ।

कतिपय कम्पनी मर्ज भए, कतिपय प्रक्रियामा छन् । जोडी नभेट्टाएकालाई हकप्रद सेयर जारी गरेर पुँजी पुर्याउन दिने भनिएको छ । यसले त मर्ज गर्नेहरुलाई अन्याय हुँदैन र ?

न्याय–अन्याय भन्दा पनि बीमा प्राधिकरण भनेको हाम्रो अभिभावक हो । उहाँहरुले गर्नुपर्ने नीति–नियमका कुराहरु समानरुपमा नै जान्छ होला । हकप्रद दिएको भए सबै कम्पनीहरुले हकप्रदकै बाटो समात्ने ट्रेन छ । तर, यो पहिलेभन्दा अलि परिवर्तन भएको छ । हकप्रद जारी भयो भने मानिसहरुमा एक सय हाल्यो भने बजारमा दुई–तीन सय भइहाल्छ भन्ने मानसिकता छ । त्यो त्यति राम्रो सोच होइन । पुँजीवृद्धि भइसकेपछि त्यहीअनुसार व्यवसाय वृद्धि भएन भने त्यसको रिर्टन आउँदैन । त्यसमा हाम्रो बुझाइ कम छ । सायद उहाँहरुले त्यसमा मिलाएर गर्नुहुन्छ होला । हामी जोखिममा आधारित पुँजीमा पनि जाँदैछौं, जसको कम पुँजी छ, उसले त्यहीअनुसारको व्यवसाय गर्छ होला या त्यस्तै केही प्राविधिक पाटोबाट सम्बन्धित कम्पनीहरुलाई रोक लगाउनुहुन्छ होला । जोखिममा आधारित पुँजी हुँदा पुँजीको आकार कत्रो हुने, यसले कति बीमा पोलिसीहरु या ल्याबिलिटी लिने, कुन तहसम्म बेच्नुपर्छ ? भन्ने कुराहरु आउँछन् । जसको पुँजी कम छ, उसले त्यहीअनुसारको भोल्युममा व्यवसाय गर्न नपाउँदा एक तह डाउन हुनुपर्छ । त्यसकारण उहाँहरुले पनि केही सोच्नुहुन्छ होला ।

एकातिर प्राधिकरणले बीमाको सङ्ख्या घटाउने भनेको छ । अर्कोतिर लघुबीमालाई लाइसेन्स दिइरहेको छ । यो अलि विरोधाभास भएन र ?

लघुबीमा कृषिमा पहुँच बढाउनका लागि गरिएको हो । त्यसका लागि गाउँ–गाउँमा जाने भन्ने छ । जुन उद्देश्य छ, त्यहीअनुसार काम ग¥यो भने राम्रो होला । तर, एउटै किसिमको व्यवसाय गर्न दिने खालको हो भने लघुबीमा भन्न मिल्दैन । एउटा कम्पनीको ठूलो, अर्कोको सानो पुँजी हुँदा अहिले भएको जुन अस्वस्थ प्रतिस्पर्धा छ, त्यो झन् बढ्न सक्छ । ठूला बीमा कम्पनीमा लघुबीमा प्रडक्ट पहिलेदेखि नै छ । जुन कृषिसँग सम्बन्धित छ, त्यसका लागि गाउँ–गाउँमा गएर व्यापार प्रवद्र्धन गर्ने हो । गाडी, घोडा, मोटरसाइकललाई क्याप लगाएर गर्ने होइन जस्तो लाग्छ ।

निर्जीवन बीमा कम्पनीमा पनि राम्रो प्रफमेन्स देखाउने नाममा अनेक विकृतिहरु भित्रिएका छन् । यसलाई कसरी कम गर्न सकिएला ?

बीमक सङ्घ र नेपाल बीमा प्राधिकरणमा पनि यो कुरा बारम्बार उठिरहेको छ । हामीले सेवामा प्रतिस्पर्धा गर्ने हो । हाम्रो ट्यारिफ हुँदा हुँदै पनि डिट्यारिफजस्तो काम भइरहेको छ, जसले गर्दा अस्वस्थ प्रतिस्पर्धा बढिरहेको छ । त्यसको नियन्त्रणका लागि हामीहरुले उहाँहरुसँग सहकार्य गरिरहेका छौं । जस्तो उधारोकै कुरा गर्दा पनि त्यो पहिलेदेखि नै कानुनमा उधारो बीमा गर्नु हुँदैन भन्ने थियो तर त्यो बजारमा थियो । त्यसमा हामीले आग्रह गरेर उहाँहरुले जुन पाइला चाल्नुभयो, त्यसले बजारमा धेरै सुधार आएको छ । त्यही खालका सुधारहरु अन्य क्षेत्रमा पनि ल्याउन सकिन्छ । हामी सीइओहरुले व्यापारका लागि व्यापार गर्ने होइन भन्ने कुरा बुझ्न जरुरी छ । हामीले स्वस्थ तरिकाले काम गर्नुपर्छ । हाम्रो मुख्य उद्देश्य भनेको ग्राहकलाई राम्रो सेवा दिनु हो । त्यो भनेको दावी पर्नेबितिक्कै भुक्तानी गर्नुप¥यो । त्यसपछि मात्रै घाटा–नाफालाई हेर्नुपर्छ । व्यापारमात्र गर्दैमा र फिगरमात्रै टपलाइनमा राख्दैमा त्यो कम्पनी स्वस्थ हुने होइन । व्यवसाय गरेरभन्दा पनि उसले कति जनतालाई सेवा दिएको छ र आफ्ना सेयरहोल्डरहरुलाई कति मुनाफा रिर्टन गरेको छ ? त्यो कम्पनी नै वास्तवमा स्वस्थ हुन्छ । खाली व्यापारका लागि व्यापार गरेर, टपलाइनमा व्यवसाय देखाएर फाइदा हुँदैन । बजारमा प्रतिस्पर्धा गर्ने हो भने सेवा र नयाँ प्रडक्टमार्फत गर्नुपर्छ ।

निर्जीवन बीमामा व्यवसाय खोसाखोसको जुन अवस्था छ, यसले अन्तर्राष्ट्रियरुपमा कस्तो खालको असर गर्छ ?

यहाँ ट्यारिफ भए तापनि हामीले लगाएको रेट धेरै कम छ । कुनैमा दुई–तीन सय प्रतिशत नै कम छ । यहाँका ग्राहकहरुलाई समितिले ट्यारिफ गर्दा महँगो जस्तो लाग्छ । तर, विदेशको दाँजोमा यहाँको रिष्कको आधारमा त्यो प्रिमियम एकदम कम हो । पहिले हामी अग्नि बीमा भन्थ्यौं, अहिले सम्पत्ति बीमा भन्छौं । त्यसमा सबै जोखिम बहन हुन्छ । भनेपछि त्यसको प्रिमियम बढी हुनुपथ्र्यो । तर, हामीले प्याकेज बनाउँदा सस्तो बनाएका छौं । भूकम्प कहिले आउँछ थाहा हुँदैन तर बाढी–पहिरो त वर्षैपिच्छे आउँछ । बीमा कम्पनीलाई यो महाविपत्ति हो कि सिजनल रिष्क हो भनेर प्रश्न उठिरहेको छ । कोरोना महामारीका कारण धेरै कामहरु कम भए तर दावीहरु धेरै परे । यसले गर्दा रेटहरु बढ्दै छन् ।
बजारमा विजनेस नवीकरण र नयाँ नहुने भइरहेकामा दावी बढ्दा त्यसको मूल्य उच्च हुन्छ । अन्तर्राष्ट्रियरुपमा हेर्दा रिइन्स्योरेन्स कम्पनीमा उच्च भएपछि त्यसलाई कसरी कम गर्ने भन्नेमा दुईवटा कुरा हुन्छ– या यतिसम्मको क्लेम आफैं व्यहोर, या सावधानी आफैं अपनाऊ भनेर ग्राहकलाई थोपरेको हुन्छ । त्यसलाई हामी याक्सिस भन्छौं । त्यो धेरै लियो भने यतिसम्मको म आफैं गर्छु, दावी गर्दिनँ भन्यो भने त्यसको प्रिमियम अलि कम हुन्छ । तर, थोरै राख्छु, क्लेमको बेला पुरै चाहिन्छ भन्यो भने त्यसको प्रिमियम महँगो हुन्छ । अहिले प्रायः रिइन्स्योरेन्स कम्पनीहरुको मार्केट कडा हुँदै आएको छ । हाम्रो भौगोलिक बनावटअनुसार क्लेमको रेसियो, बजारको आकार अलि कम छ । कतिपय रिइन्स्योरेन्स कम्पनीहरुले त छोडेर पनि गइसकेका छन् । कतिपय छाड्ने सोचमा छन् । समयबोध म्यागेजिनको फाल्गुण अंकबाट ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री