बिहीबार, १३ वैशाख २०८१

बिना तामझाम राष्ट्रपतिको सवारी

समयपोष्ट २०७९ चैत ४ गते १९:१२

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेल सामान्य सवारीमा (कारगेट नलिई) काठमाडौंको वसन्तपुरस्थित कुमारी घरमा पुग्नु भएको छ ।

राष्ट्रपति पौडेलले शनिबार अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोड्नु भएको हो ।

कारगेट बिनानै उहाँले सामान्य सवारीमा त्यहाँ पुगेर कुमारीको दर्शन गर्नुभएको हो । त्यसक्रममा सर्वसाधारणको सवारीलाई सुरक्षाकर्मीले रोक्ने काम गरेका थिएनन् ।

राष्ट्रपतिको कारगेटसहितको सुरक्षाका कारण सडकमा सर्वसाधारणले सास्ती व्यहोर्नु परिरहेका बेला नवनिर्वाचित राष्ट्रपति पौडेलले कारगेटबिना नै सवार हुनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री