शनिबार, १५ वैशाख २०८१

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एकिकृत कारोबार सुरु

समयपोष्ट २०७९ फागुन ३० गते ९:३४

Advertisement

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबारको शुभारम्भ भएको छ ।

साविक सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मर्जर भएर सोमबारदेखि सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको रुपमा एकिकृत कारोबारको शुभारम्भ भएको हो ।

एकिकृत कारोबारका सन्दर्भमा कम्पनीको ब्राण्डिङ लोगो समेत सार्वजनि गर्यो । मर्जरपछि ब्राण्डिङ नाम ‘सलिको’ राखिएको छ ।

यी दुवै कम्पनीको फागुन ११ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो भने बीमा प्राधिकरणले फागुन १६ गते तथा नेपाल धितोपत्र बोर्डले फागुन २३ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो । कम्पनी रजिष्ट्रार कार्यालयले फागुन १९ गते एकिकृत कारोबारको स्वीकृति दिएकोले संयुक्त मर्जर कमिटिको फागुन २४ गतेको बैठकले फागुन २९ गतेबाट एकिकृत कारोवार सुरु गर्ने निर्णय गरेको हो ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँको नक्सलामा रहने गरि एकिकृत कारोबार भएको हो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडमा सगरमाथा इन्स्योरेन्स कम्पनी लि. को साविकको १०० कित्ता बराबर १०० कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साविकको कायम १०० कित्ता बराबर ८० कित्ता शेयर कायम हुने गरी यी दुई कम्पनी मर्ज भएका हुन् ।

सोमबार नै बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरुको तर्फबाट ३÷३ जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरेको छ । साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट अजिथ आर. गुणवर्द्धने (संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलँका) , सिद्धार्थ मणि राजभण्डारी (संस्थापक समूह) , गजेन्द्र लाल श्रेष्ठ (सर्बसाधारण समूह) र साबिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट मनोहर दास मुल (संस्थापक समूह), अरुण राज श्रेष्ठ (संस्थापक समूह) , र कमल भटृराई, (सर्बसाधारण समूह) गरि ६ जनाको सञ्चालक समितिको गठन गरेको हो ।

बैठकले साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का अध्यक्ष मनोहर दास मुललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त समेत गर्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री