शुक्रबार, ४ जेठ २०८१

मोलुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट

समयपोष्ट २०७९ फागुन १९ गते १०:२८

Advertisement

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलले शुक्रबार बिहान शेयर बाँडफाँट गरेको हो ।

कम्पनीले फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता शेयर निष्काशन गरेको थियो।

सो आईपीओमा कुल १४ लाख २४ हजार ३५१ जनाले कुल १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये १४ लाख १७ हजार ३४६ आवेदन स्वीकृत भएको छ भने ७ हजार ५ आवेदन रद्द भएको छ।

Advertisement

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रणालीबाट शेयर बाँडफाँट गरिएको छ। जसअनुसार २ लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। सोमध्ये भाग्यमानी ५ जनाले भने थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री