आइतबार, ६ जेठ २०८१

कुमारी बैंक र ल्याण्डमार्क होटल एण्ड रिसोर्टबीच छुट सम्झौता

समयपोष्ट २०७९ फागुन १८ गते २१:४०

Advertisement

कुमारी बैंक लिमिटेड र ल्याण्डमार्क होटल एण्ड रिसोर्टबीच कुमारी बैंकका ग्राहकहरुलाई ल्याण्डमार्क होटेल एण्ड रिसोर्टको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेकोे कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त बैंकले यस सहकार्य मार्फत ल्याण्डमार्क होटेल एण्ड रिसोर्टका काठमाण्डौं, चितवन र पोखरा शाखाहरुमा आकर्षक छुटको व्यवस्था गरेको जनाएको छ ।

यस सम्झौता अनुसार बैंकका डेबिट÷क्रेडिट कार्ड ग्राहक लगायत मोबाइल बैंकिंग प्रयोगकर्ताहरुले ल्याण्डमार्क होटेल एण्ड रिसोर्टबाट विभिन्न सेवाहरु जस्तै लजिङ्ग र फुडिङ्ग शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री