बिहीबार, ३ जेठ २०८१

बिपिडब्लु लघुवित्तको आइपिओमा अवेदन खुल्यो

समयपोष्ट २०७९ फागुन १८ गते ११:०६

Advertisement

बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आइपिओमा अवेदन खुलेको छ ।

कम्पनीले आजदेखि ८० हजार ९ सय ५० कित्ता शेयर आम सर्वसाधारणलाई आइपिओ निश्कासन तथा बिक्री खुला गरेको हो ।

आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १०० कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यस निष्काशनमा फागुन २३ गतेसम्म आवेदन दिन सकिने छ ।

Advertisement

कम्पनीले यस अघि नै नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आईपिओ निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीले वैदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई ९ हजार ७ सय कित्ता शेयर निष्काशन गरेको थियो । त्यस्तै १५ सय कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ । ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ । बाँकि रहेको ८० हजार ९ सय ५० कित्ता शेयरको लागि आम सर्बसाधारणलाई निष्काशन भएको हो । यसरी कम्पनीले कुल ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।.

नेपाल धितोपत्र बोर्डले पुस ४ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । हाल कम्पनीको जारी पुँजी ३ करोड रहेकोले कम्पनीले आईपिओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ३ करोड पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री