सोमबार, २४ वैशाख २०८१

सोलुखुम्बुका विद्यालयले गरे बेरुजु फर्छ्यौटमा अटेरी

rss २०७९ फागुन १७ गते २०:५३

Advertisement

सोलुखुम्बुका–८ स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालयले बेरुजु रकम फर्छ्यौटमा अटेरी गरिरहेको पाइएको छ ।

जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका बाहेकका स्थानीय तहले रु दुई करोडभन्दा बढी बेरुजु रकम फर्छ्यौट गर्न अटेरी गरिरहेको पाइएको हो ।

नेचासल्यान गाउँपालिकाकाभित्रका विद्यालयले रु पाँच लाख, लिखुपिके गाउँपालिकामा रु ७१ लाख ७५ हजार, सोलु दूधकुण्ड नगरपालिकामा रु २६ लाख १० हजार, माप्य दूधकोसी गाउँपालिकामा रु ३० लाख ७५ हजार, सोताङ गाउँपालिकामा रु एक लाख २५ हजार, महाकुलुङ गाउँपालिकामा रु छ लाख २५ हजार र थुलुङ दूधकोसी गाउँपालिकामा रु ७१ लाख गरी रु दुई करोड १२ लाख १० हजार बेरुजु फर्छ्यौट गर्न बाँकी रहेको शिक्षा विकास तथा समन्वय एकाइ सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले बताउनुभयो ।

पटकपटक आग्रह गरेको भए पनि विद्यालयले वर्षौंअघिको बेरुजु फर्छ्यौट गर्न अटेरी गरिरहेको श्रेष्ठको भनाइ छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका विद्यालयको भने बेरुजु नरहेको शिक्षा विकास तथा समन्वय एकाइ सोलुखुम्बुले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री