चलचित्र ‘सम्झना’ को गित ‘कृ’ मा चोरीयो, हेर्नुहोस् यस्तो छ दुवै गित
समयपोष्ट
२०७४ चैत १४ गते ६:३२
वि.सं २०४० सालमा रिलिज भएको फिल्म सम्झनाको गितलाई लिएर फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधानले ‘कृ’ का निर्माता सुवास गिरी बिरुद्ध प्रहरीमा उजुरी दिए । लगत्तै प्रहरीले ‘कृ’ निर्माता गिरीलाई मंगलबार काठमाडौंबाट नियन्त्रणमा लियो ।
पुरानो फिल्म सम्झनाको ‘उकालीमा अघि अघि…’ बोलको गीतलाई बिना अनुमति ‘कृ’मा समावेश गरिएको आरोप निर्माता तथा निर्देशक प्रधानको छ ।
फिल्म सम्झनाको ‘उकालीमा अघि अघि…’ बोलको गीतमा नायक भुवन केसी र नायिका तृप्ती नाडकरले नाँचेका छन् । ‘कृ’ मा केसीका छोरा अनमोल र अदिती नाँचेका छन् । यो गीतका ओरिजिनल संगीतकार र गीतकार रन्जित गजमेर हुन् । अहिले यही गित निकै विवादित बनिरहेको छ ।
https://www.youtube.com/watch?time_continue=86&v=nsquj4B8Wi0
प्रतिक्रिया