सोनम कपुरको बिहे ११ मेमा
समयपोष्ट
२०७४ चैत १२ गते ३:५४
अहिलेकी चर्चित अभिनेत्री सोनम कपुरले निकै मिल्ने साथी आनन्द आहुजाका साथ ११ मेमा बिहे गर्ने पक्का भएको छ ।
सोनम र आनन्द लामो समयदेखि रिलेसनसिपमा छन् । सञ्चारमाध्यमका अनुसार उनीहरूको विवाह ११ र १२ मेमा जेनेभामा हुनेछ । बिहेबारे सोनम कपुर मौन रहे पनि यस वर्ष नै उनको बिहे हुने पक्का भएको समाचारमा उल्लेख छ ।
समाचार अनुसार सोनमका पिता अनिल कपुरले निकटस्थहरूलाई विवाहमा आउनका लागि व्यक्तिगत रूपमा निम्तो गरिरहेका छन् । बिहेका लागि हवाईजहाजको टिकट बुकिङ पनि सुरु भएको छ ।
प्रतिक्रिया