शुक्रबार, १६ चैत २०८०

गुरुकुल पाठशाला निर्माणकालागि महायज्ञ

समयपोष्ट २०७४ चैत ४ गते ६:०७

गुरुकुल पाठशाला तथा प्राकृतिक चिकित्सालय निर्माणका लागि कालीगण्डकीको उत्तरबाहिनी क्षेत्रमा महायज्ञ शुरु भएको छ ।

Advertisement

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगी र स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गाको संगमस्थल कालीगण्डकीको उत्तरबाहिनी क्षेत्रमा महायज्ञ सञ्चालन गरिएको छ । शनिबार श्रीराम कथा ज्ञानविज्ञान महायज्ञ—२०७४ को एक हजार आठ स्वामी लोकानन्दले उद्घाटन गर्नुभयो ।

उहाँले महायज्ञको उद्घाटन गर्दै रामतपोभूमिका रुपमा परिचित यस क्षेत्रमा धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न महायज्ञ महत्वपूर्ण रहेको बताउनुभयो ।

उद्घाटनका अवसरमा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान महायज्ञ मूल समितिका अध्यक्ष एवं प्रमुख कथावाचक चैतन्य कृष्ण, पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, विश्व हिन्दू महासंघ नेपालका अध्यक्ष डा रामचन्द्र अधिकारी, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, विश्व हिन्दू महासंघ नेपालका महासचिव भरतराज पौडेल, उपवाचक धु्रवशरण बस्याल, विष्णुप्रसाद पाण्डेलगायतले कालीनदी, यहाँ पाइने शालिग्राम र यस क्षेत्रको महत्वका सन्दर्भमा आफ्ना धारणा राख्नुभएको थियो । चैत ३ गतेदेखि शुरु भएको महायज्ञ ११ गतेसम्म चल्नेछ ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री