शनिबार, ८ वैशाख २०८१

बंगालबाट उडेर आयो आँसुको आँधी…

समयपोष्ट २०७४ फागुन २९ गते २:१५

प्राय : बंगालबाट उडेर आउने समुद्री हावाले नेपालमा पानी पार्छ ।

Advertisement

सोमबार दिउँसो भने बंगालबाट उडेको जहाले राजधानीमा आँसुको बर्षा गरायो ।

ढाकाबाट ३३ नेपालस्हित ७१ जना लिएर उडेको जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुने क्रममा दुर्घटनाग्रस्त हुँदा नेपाल शोकमा डुब्न पुग्यो ।

विमानस्थलमा जहाजबाट निस्केको धुवाँको मुस्लो उड्दै गर्दा नजिकै रहेको काठमाडौं मेडिकल केएमसी अस्पतालमामा दुर्घटनामा परेकाहरुको आफन्तका आँखाबाट आँसुको बर्षा भईरहेको थियो ।

ती आफन्तको मात्र होइन, विमानबाट निस्केको धुवाँले मामनेपालीको मन पोलिरह्यो । अस्पताल पुगेका कोही आफन्त घाईतेको उपचार भईरहेको कक्षा चहाँर्दै थिए ।

कोही शव चिन्ने प्रयासमा थिए ।

कोही भने अस्पताल प्रशासनले दुर्घटनाका मृतक तथा घाईतेको जानकारी दिन भित्ताामा टाँसेको नामावली नियाल्दै थिए ।

दुर्घटनलगत्तै अस्पताल प्रवेशद्धारमा घुईचो थियो ।

कतिपय रँदैकराउँदै विलाप गरिरहेका थिए ।

कतिपय ब्यक्ति रुँदारुदै प्रियजनको शोकमा बेहोससमेत भए ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री