शनिबार, ८ वैशाख २०८१

सुरक्षा संवेदनशीलतामा लापरबाही

समयपोष्ट २०७४ फागुन २९ गते १:४८

बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस बांगला एयरलाइन्सको विमान काठमाडौंमा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि देखिएको दृश्यले विमानस्थलको सुरक्षामाथि गम्भीर प्रश्न उठाइदिएको छ ।

Advertisement

चालक दलका ४ सदस्यसहित ७१ जना यात्रु सवार विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ भने २२ जनालाई घाइते अवस्थामा उद्धार गरी विभिन्न अस्पताल पुर्याइएको छ । घाइतेमध्ये केहीको अवस्था अझै गम्भीर छ ।

नेपाल समाचारपत्रका अनुसार सोमबार दिउँसो ढाकाबाट काठमाडौं आएको उक्त विमान दुर्घटना भएपछि स्थानीय जनता विमानस्थलपरिसरको विभिन्न भागबाट दुर्घटना भएको विमानतर्फ प्रवेश गरेका थिए । यसले विमानस्थलको सुरक्षाका बारेमा गम्भीर प्रश्न उठेको छ ।

दुर्घटनापछि विमानस्थलमा रहेको सुरक्षाकर्मी उद्धारमा खटिएको मौका छोपी विमानस्थलका विभिन्न भागबाट छिरेका सर्वसाधारण रमिते बने पनि विमानस्थलजस्तो संवेदनशील क्षेत्रलाई सुरक्षा निकायले नियन्त्रणमा लिन सकेको थिएन।

प्रतिक्रिया

सम्बन्धित सामाग्री