शुक्रबार, १४ वैशाख २०८१

खुला बजार अर्थतन्त्र बिपरित बैंकर्स संघ, संघको निर्णयले बजारलाई कुन्ठित गर्छ : पूर्व गर्भनर

समयपोष्ट २०७४ फागुन २६ गते ५:०८

बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैकको सामान्य निर्देशनलाई पनि ‘खुला बजार अर्थतन्त्र’ बिपरित भन्दै आएको नेपाल बैकर्स संघ यस पटक भने आफै ‘खुला बजार अर्थतन्त्र’ बिपरित उभिएको छ ।

Advertisement

ब्याजदर बजारले निर्धारण गर्नुपर्छ भन्दै आएको संघले व्याजदर नियन्त्रणमा सहयोग नगरेको भन्दै एनआइसी एसिया बैंकसँग तत्कालका लागि कुनै पनि किसिमको कारोबार नगर्ने निर्णय गरेर ‘खुला बजार अर्थतन्त्र’ बिपरित उभिएको हो ।

केही समय अघि एनआइसी एसियासहितका २८ वटै बैंकबीच बचत खाताको ब्याज दर ८ प्रतिशतभन्दा माथि नजाने र एक बर्षे मुद्दतिमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति भएको थियो । सहमति लगत्तै एनआइसी एसियाले १० प्रतिशत बचतको ब्याजलाई ८ प्रतिशतमा झारेको थियो । 

तर बिहीबारबाट फेरि बचतको ब्याज १० प्रतिशत पुर्याउँदै मुद्दतिमा १२ प्रतिशत ब्याज दिने सुचना सार्वजनिक गरेलगत्तै शुक्रबार आकस्मिक रुपमा बैंकर्स संघको बैंठकले एनआइसी एसियाले प्रतिबद्धता जनाएर त्यसको ठिक बिपरितको अभ्यास गरेको भन्दै कारोबार नगर्ने निर्णय गरेको छ ।

एनआइसी एसियाले बैंकर्स संघको निणर्य भत्र्सना गर्दै नियामकले समेत नगरेको व्यवस्था लाद्न खोजेको भन्दै आपत्ति जनाएको छ । संघले बैंक माथि थोपर्न खोजेको अनावश्यक सिन्डिकेट तोडेको एनआइसी एसियाले जनाएको छ।

व्याजदर निर्धारणमा बैंकहरु स्वतन्त्र भएको भन्दै एनआइसी एसियाका एसिस्टेन्ट सिइओ रोशन न्यौपानेले भने, ‘यदी व्याजदरकै कारण अर्थतन्त्रमा समस्या आउने भएमा नियामकले नै नियन्त्रण गर्छ, बैंकर्स संघ नियामक हो र ?’

उनले स्प्रेड दर (निक्षेप तथा कर्जाको औसत अन्तर दर) लाई घटाएर भए पनि उच्च व्याजदरमा निक्षेप लिन चाहेको प्रष्ट पारे । ‘हामीले नाफा कम लिउँला अथवा स्प्रेड दरलाई ३ प्रतिशत कायम गरौलाँ’ उनले भने ‘राष्ट्र बैंकले स्वतन्त्र छोडेको कुरामा केहीको मिलेमतोमा हामीसँग कारोबार नै नगर्ने कुरा कति जायज हो, राष्ट्र बैंकले नै सोच्नुपर्ने कुरा हो ।’

राष्ट्र बैंकको ऐनमा के छ ?

राष्ट्र बैंकको ऐनमा बैंक तथा वित्तीय संस्थासम्वन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको ऐन २०७३ को बुँदा नं। ५० मा बैंक तथा बित्तिय सस्थाले गर्न नहुने कामको उल्लेख गरिएको छ।

सोही बुँदाको १, ज मा बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा मिली वित्तीय कारोबारमा कुनै किसिमको एकाधिकार वा अन्य कुनै किसिमको नियन्त्रित अभ्यास कायम गर्न नपाइने उल्लेख गरेको छ।

संघको निर्णयप्रति पूर्व गर्भरदेखी बैकर समेतको बिरोध

एनआइसी एसियाले संघको सिन्डकेट तोडेर जायज काम गरेको पूर्व गर्भनरदेखी बैंकहरुले प्रतिक्रिया दिए ।

पुर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले संघको सिन्डिकेट तोडेर एनआइसी एसियाले गरेको निर्णय बजार सापेक्ष भएको बताए ।
‘एनआइसी एसियाले डिपोजिटरलाई आकर्षित गर्न लिएको निति ठिक छ, उनले समयपोष्टसंग भने ‘तर, बैंकर्स संघले एनआइसीसंग कुनै कारोवार नगर्ने भन्नु नेपालको कानुन बिपरितको सिन्डिकेट हो, यसले बजारलाई कुन्ठित गर्दछ ।’

‘खुला बजार अर्थतन्त्रमा स्वस्थ प्रतिस्पर्धाबाट बस्तु र सेवाको स्वत: सहि मूल्य निर्धारण र नियन्त्रण हुने अपेक्षा राखिएको हुन्छ। ब्यवसायिक संघ संस्थालाई दिदा कार्टेलिगं वा सिन्डिकेटिगं भई कमजोर र सामान्य बर्ग मर्कामा पर्छ र बिकृति जन्मिन्छ। बैकंर संघले बचतमा ८५ र मुद्दतिमा ११५ को ब्याज सिमा (कार्टेलिगं) तोकेको ठिक हो ?, बैंकर रमेश कुमार भट्राईले सामाजिक सञ्जालमा प्रश्न गर्दै लेखेका छन् ‘एनआइसी एसियाले सो सिमा नाघेको के गलत हो ? सो बैंक माथि बदला स्वरुप गरिएको नाकाबन्दी के जायज हो ?  खुला छलफल गरौ ।’

उनले बैंकर्स संघलाई व्यङग् गर्दै लेखेका छन ‘ट्रक बसको होस वा बैंकको,सिन्डिकेसन खुला अर्थ ब्यवस्था बिपरितको कार्य हो। बैकलल्पिक उपाय अवलम्बन तर्फ सोचौ । हैन भने कर्जामा लिने ब्याज दर सिमा पनि तोक्ने आँट गरौ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री