बुधबार, २ जेठ २०८१

एमसिए नेपालले सुचना जारी गर्दै भन्यो-अधिग्रहण गरेको जग्गा ३५ दिनभित्र खाली गर्नुहोस्

समयपोष्ट २०७८ चैत ८ गते १५:३०

Advertisement

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गराउन सुचना जारी गरेको छ ।

एमसिए नेपालले मंगलबार सुचना जारी गर्दै अधिग्रहण गरिएका जग्गामा सब-स्टेशन निर्माणका लागि तारबार गर्ने कार्य अगाडि बढाउन लागिएकाले जग्गा खाली गराउन सुचनामार्फत जानकारी दिएको हो ।

एमसिए नेपालले अधिग्रहण गरिसकिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न भनेको छ।

‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुसार सब-स्टेशन निर्माण गर्न तारबार गर्ने कार्यलाई अघि बढाउन मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकम बुझिसकेका महानुभावले अधिग्रहण गरिएका घरजग्गाहरू ३५ दिनभित्र खाली गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ।

Advertisement

चार सय केभी रातमाटे सब-स्टेशनका लागि नुवाकोटमा आवश्यक जग्गा अधिग्रहण गरिएको थियो।

जग्गा प्राप्ति ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट विभिन्न मितिमा सूचना प्रकाशन गरी मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरूसमेत निर्धारण भई सोको विवरण तथा जग्गाको लगतकट्टा एवं नामसारीसमेत भइसकेका घरजग्गा खाली गर्नुपर्ने भएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री