
प्रहरीले १७ वर्षीया गायिकालाई बलात्कार गरेको आरोप लागेका नायक पल शाहविरुद्धको अनुसन्धान सकाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकाएर जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा प्रतिवेदन बुझाइएको जनाएको छ ।
जिल्ला अदालत तनहुँले तीनपटक गरी २१ दिन सम्म म्याद थपेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।
१७ वर्षिया गायिकाले शाहले आफुलाई विभिन्न स्थानमा बलात्कार गरेको आरोप लगाउँदै उजुरी दर्ता गराएकी थिईन् ।









प्रतिक्रिया