आइतबार, ६ जेठ २०८१

कहिलेबाट निष्काशन हुँदैछ ग्रिन भेन्चर्सको आइपिओ ?

समयपोष्ट २०७८ फागुन ३० गते ९:०३

Advertisement

ग्रीन भेन्चर्स लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ ।

कम्पनीले चैत ८ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिनेछ। सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा चैत ११ गते हुनेछ भने ढिलोमा चैत २२ गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Advertisement

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री