बिहीबार, २० वैशाख २०८१

मानिसहरुलाई विश्वास दिलाएर टप लाइन गेन गर्दै जाऔँ भन्ने लक्ष्य छ

समयपोष्ट २०७८ फागुन २६ गते ११:५७

Advertisement

तपाईं बीमा कम्पनीहरुमा पहिलो महिला सीईओ हुनुहुन्छ । प्रतिस्पर्धी बीमा बजारमा युनाइटेड इन्स्योरेन्सलाई कसरी अगाडि बढाइरहनुभएको छ ?

प्रतिस्पर्धा जहाँकहीँ पनि हुन्छ । मेरो विचारमा प्रतिस्पर्धा आफैसँग हुन्छ । मेरो प्रतिस्पर्धा म आफैसँग हुन्छ । त्यसैगरी युनाइटेडको प्रतिस्पर्धा पनि युनाइटेडसँगै हो । अरुको डाह गर्ने, खुट्टा तान्नेतिर लागेन भने आफैँ अगाडि बढिन्छ । हाम्रो कम्पनीलाई अगाडि बढाउन हामीले दुई तीनवटा कामहरु गरेका थियौँ । गएको एक वर्षलाई हेर्ने हो भने हामी बीसवटा कम्पनीमा अठारौँ नम्बरमा थियौँ । अहिले हामी सात नम्बरमा पुगिसकेका छौँ । यो ठूलो परिवर्तन हो । पहिले हामी पचास साठ्ठी करोड बिजेनश गर्दथ्यौं । गत वर्ष हामीले १ सय करोड टच गर्यौं। यो भनेको ठ्याक्कै डबल गर्यौं। यसका लागि मुख्य तीनवटा कुराहरुमा हामी केन्द्रित भयौं । पहिलो आन्तरिक जनशक्ति कसरी परिचालन गर्ने । कस्तो लिडरसिप भ्यु दिएर अगाडि लैजाने, कसरी म्यानेज गर्ने, कस्तो खालको तालिमको आवश्यकता छ, सधैँ रिप्लेसमेण्ट भन्ने हुँदैन, इनह्यान्समेण्ट पनि हुन्छ । त्यो हिसाबले हामीले कुन कर्मचारीमा कमजोरी के छ, त्यो हेरेर उहाँहरु जहाँ फिट हुनुहुन्छ त्यहीँ लग्यौं । मार्केटिंङबाट अण्डरराइटिङ फिट गर्न सकिन्छ कि उहाँहरुको याक्सपर्टिज हेरेर फिट गर्यौं। उहाँहरुलाई हामीले ग्रुमिङ गर्यौं । हाम्रो फुल फोकस आन्तरिक जनशक्तिको म्यानेजमेण्ट र ग्रुमिङमा थियो ।

गएको एक वर्षलाई हेर्ने हो भने हामी बीसवटा कम्पनीमा अठारौँ नम्बरमा थियौँ । अहिले हामी सात नम्बरमा पुगिसकेका छौँ । यो ठूलो परिवर्तन हो । पहिले हामी पचास साठ्ठी करोड बिजेनश गर्दथ्यौं । गत वर्ष हामीले १ सय करोड टच गर्यौं। यो भनेको ठ्याक्कै डबल गर्यौं।

अर्को, हामीले सर्भिस ठीक गर्यौं । पहिले हाम्रो सर्भिसमा अलिकति कमजोरी भएकै हो । हामी नेपालमा स्थापना भएको कम्पनीहरुमा पाँचौं नम्बरमा हौं । तर, पछाडि पर्नुको कारण कहीँ न कहीँ कारण ग्राहकहरुलाई सन्तुष्ट पार्न नसक्नु हो । हाम्रो सेवा लिएर हामी बजारमा गएनौं । त्यसअघि हामीले आन्तरिकरुपमा हाम्रो टिमलाई बलियो बनाउने, के–के अटोमेसन गर्न सक्छौं, कहाँ हामीले म्यानुअल इन्टर्भेन्सन गर्न सक्छौं, त्यो सबै सर्भिसमा गर्यौं । अटोमेसन आईटी ट्रान्सफर्मेसन गर्यौं । फ्याक्स, फोनको जमाना होइन अहिले । एउटा बेसिक इम्प्लोइलाई ग्रुम गर्दा ईमेल कल्चर ल्यायौं । अर्को आईटी ट्रान्सफर्मेसन किनकि काम छिटो हुन्छ । एउटा रिपोर्ट आउन पन्ध्र दिन लाग्थ्यो भने अब आधा घण्टामा आउँछ । त्यसले हाम्रो निर्णय गर्ने क्षमता, रणनीतिक क्षमता, केही निर्णय लिनु पर्नेछ भने छिटो हुने भयो । यी चिज लिएर अगाडि बढ्दा हाम्रा क्लाइण्टहरु सन्तुष्ट भए । व्यवसायमा हाम्रो मुनाफा बढिरहेको छ । एक करोड गरेको कम्पनीलाई दस करोडमा लैजानु भनेको हाम्रो लागि धेरै न हो । बिस्तारै अगाडि बढाउँदैछौँ । सर्भिस, ग्राहकहरुको विश्वास र स्ट्रेन्थेनिङको हामी टप लाइनमा आएका हौं ।

Advertisement

व्यवसायमा शीर्ष ५ मा भित्र पर्ने इच्छा छ । तर, अहिले हाम्रो मुख्य आकाङ्क्षा भनेको स्टेबिलिटीमै हो । हामी स्टेबल प्रोफिटसम्म जाऔँ या स्टेबल टप लाइनसम्म जाऔँ, हाम्रा लगानीकर्ता, सेयर होल्डर्सहरुलाई केही न केही दिन सक्ने स्थितिमा पुगौं ।

निर्जीवन बीमा क्षेत्र बुम हुन्छ, अगाडि पुग्छ भन्ने मानिसहरुलाई थाहा नै छैन । बैङ्किङ क्षेत्रलाई सुरक्षित बनाउने पनि निर्जीवन बीमा कम्पनी नै हो । घर, गाडी, दुर्घटना यी सबैको बीमा निर्जीवनले गरेको हुन्छ । तर, हामी ओझेलमा पर्यौं  । हाम्रो महत्व अहिलेको नयाँ पिढीले बुझेकै छैन । क्लाइण्ट अवेरनेस र ह्युमन रिसोर्स अवेरनेसको कमी छ ।

अहिले निर्जीवन बीमा क्षेत्रका मुख्य चुनौती के हुन् ?

पहिले मुख्य चुनौती भनेको मानिसहरु बीमाप्रति जागरुक थिएनन् । अहिले मानिसहरु जागरुक हुँदै छन् । तर, ग्रामीण क्षेत्रमा अझै पनि पुग्न बाँकी छ । हामीले हुम्लामा शाखा खोलेका छौँ । त्यहाँ शाखा खोल्नै छ महिना लाग्यो । न मान्छे छन् त्यहाँ न बीमा साक्षरता नै छ । त्यसकारण गाउँ–गाउँमा पुगेर बीमाबारे मानिसहरुलाई बुझाउन जरुरी छ । अर्को, बीमा क्षेत्रमा दक्ष जनशक्ति नै छैन । मैले यहाँ निर्जीवन बीमामा जतिसुकै ट्रेन गरौँ, तलब सुविधा ५० हजार छ । र पनि बैङ्कमा पायो भने १६ हजारमा पनि मानिस जागिर खान जान्छ । निर्जीवन बीमा क्षेत्र बुम हुन्छ, अगाडि पुग्छ भन्ने मानिसहरुलाई थाहा नै छैन । बैङ्किङ क्षेत्रलाई सुरक्षित बनाउने पनि निर्जीवन बीमा कम्पनी नै हो । घर, गाडी, दुर्घटना यी सबैको बीमा निर्जीवनले गरेको हुन्छ । तर, हामी ओझेलमा पर्यौं  । हाम्रो महत्व अहिलेको नयाँ पिढीले बुझेकै छैन । क्लाइण्ट अवेरनेस र ह्युमन रिसोर्स अवेरनेसको कमी छ । यो क्षेत्रमा एकदम बेष्ट रिसोर्सेस छ तर पर्याप्त मात्रामा छैन । त्यसकारण मार्केटमा हामीले सङ्र्घष गर्नुपरेको छ । अर्को, विश्व एकदम अगाडि बढिसकेको छ । अहिले एक क्लिकमै बीमा हुन्छ । हाम्रो नियामकीय निकायले पनि हेरिरहनुभएकै छ । अहिले प्रो इनोभेसन छ । तर, हाम्रो पोलिसी पेपरमा जाने हुँदा इनोभेसन टेक्नोलोजिकल आस्पेक्टबाट अपरेसनल कष्ट डिडिउस गर्न धेरै इफिसियन्सि चिजमा ल्याक गरिरहेको छ । जुन चिज एक क्लिकमा हुन्छ, त्यसका लागि कागज पठाउँदा त्यो पछाडि मुभ भइरहेको छ । यी नै बीमा क्षेत्रका चुनौती हुन् ।

निर्जीवन बीमा क्षेत्रमा मोटर र घरको बीमा राम्रो देखिन्छ तर सरकारले नै अनुदान दिएको कृषि बीमामा आकर्षण बढ्न नसक्नुको कारण के हो ?

हुम्लामा मानिसहरुले एक प्याकेट चाउचाउको २ सय रुपैयाँ हालेर किनेर खान्छन् भने उनीहरुसँग प्रिमियम तिर्ने पैसा नभएको होइन । तर, उहाँहरुमा बीमा साक्षरता नै छैन । हामीले कर्णाली प्रदेशको मार्केट रिसर्च गरेर आयौँ । त्यहाँका मानिसहरुले बीमा भनेको के भनेर बुझेकै छैनन् । अर्को सरकारले दिने अनुदानको बारेमा पनि थाहा छैन । कृषिमा सरकारले अनुदान दिएको छ । मान्छेले खल्तीबाट निकालेर दिनुपर्दैन । कर्णालीको सुर्खेतमा बाहेक कसैले बुझ्दै बुझ्दैन । बालीनाली नष्ट भइरहेको छ तर बीमा गरेको भए क्षतिपूर्ति प्राप्त हुन्थ्यो भन्ने उहाँहरुलाई थाहै छैन । त्यसकारण मुख्य कुरा बीमा साक्षरता छैन । कम्पनीमा पनि पर्याप्त मात्रामा जनशक्ति नहुँदा त्यस्ता क्षेत्रमा रिसोर्सको सदुपयोग गर्न सकिरहेका छैनौँ । नियामकीय निकायबाट पनि हामीलाई एउटा सर्टेन कोटा गर्नैपर्र्छ भन्ने खालको निर्देश छ । त्यो कोटा पु¥याउन हामीले नचाहेको होइन तर हामीले कोसिस गरिरहेका छौँ ।

दोस्रो क्लेम आस्पेक्टबाट हेर्ने हो भने जसलाई पर्याप्त छ, त्यहाँ फ्रड क्लेमको आस्पेक्टहरु छ । पोलिसी जारी गर्न पनि प्रक्रिया धेरै लामो छ । कहीँ तीन मिनेटको भिडियो बनाएर ल्याउने अथवा अन्य केही भनेर इनोभेटिभ तरिकाबाट फ्रड हटाउन क्याटलहरुमा ट्याग लगाइन्छ । फ्रड भन्ने थाहा पाउँदा–पाउँदै पनि तिर्नुपर्छ । अनुदान पनि छ । सरकारले पनि दिनैपर्छ । त्यसलाई सामना गर्न प्रविधि नभएर पनि आक्रामकरुपले पुस गर्न कम्पनीहरु रेसिसष्टेन्स भएको हो कि ! भए पनि नभए पनि त्यो पत्ता लागेन भने हामीले तिर्नुपर्छ । त्यो एउटा कष्टुमर र अर्को कन्जुमर आस्पेक्ट भयो ।

२०२४ सम्म बीमा समितिले रिष्क बेस क्यापिटल लागु गर्ने भनेको छ । यो कत्तिको उपयुक्त छ ?

यो राम्रो कन्सेप्ट हो । यो विश्वमै आइसकेको छ । उनीहरुले गरिरहेका पनि छन् । यो एकदम उपयुक्त छ । अहिले सीसीआईपी भनिन्छ कट, कपी, इनोभेट एण्ड पेष्ट । हामीले इनोभेट अलिकति गर्नुपर्छ । हाम्रो मार्केट कहाँ छ ? कसरी गर्ने ? चार–पाँच वर्षमा हुन्छ कि हुँदैन ? भारतमा रिष्क बेस क्यापिटल २०१२ देखि सुनेको अहिले २०२३ सम्म सरेको छ । क्यापिटलको कन्सेप्टमा के हुन्छ भन्दा यसमा तपाईंको पोर्टफोलियो कस्तो छ ? कति रिष्क छ ? त्यसका लागि कति याडिक्योसी क्यापिटल राख्नुपर्यो ताकि तपाईंले क्लेम तिर्न सक्नुहोस् । रिइन्स्योरर्रले डिफर ग¥यो भने तपाईंले कतिको राख्ने भन्ने हो । हामीले अझै पनि पर्याप्त मात्रामा पोर्टफोलियोको बारेमा बुझेका छैनौँ । हाम्रो मिक्स पोर्टफोलियो छ । हामी प्रिमियममा हेर्छौं टपलाइनमा कुरा गर्छौं । मार्केटमा आएपछि मैले पनि त्यही कुरा गरें । तर, हामी गाडीको लागि कति रिष्क चाहियो हेर्दैनौं । मलाई प्रपर्टीको थाहा हुन्छ तर मलाई जियोग्राफीको रिष्क थाहा छैन । सुर्खेत, नारायणगढ, चरिकोट, काठमाडौँ, पोखरा यी सबै क्षेत्रका रिष्क फरक–फरक होलान् । त्यो हिसाबले मैले याडिक्योसी क्यापिटल राख्ने हो । हामी रिष्क यानालाइसिस सफ्टवेयर सिष्टमबाट त हेर्दैनौँ । त्यसकारण यो एकदमै उपयुक्त चिज हो तर यसलाई स्टेपवाइज, फेजवाइज, हाम्रो देशका लागि जे उपयुक्त छ त्यो हिसाबले गर्दै जानुपर्छ । एनएफआरएस इम्प्लिमेन्टेसन जस्तो हुनुहुन्न । अहिले पनि याक्चुरीलाई नेपालको कन्सेप्ट बुझाउन हामीले निकै सङ्घर्ष गरिरहेका छौं । हामी चार वर्षे पोलिसी गर्दैनौं । हामीकहाँ एक वर्षीय पोलिसी छ । त्यो स्ट्रगल हुनु भएन ।

यहाँले युनाइटेड इन्स्योरेन्स सीईओको जिम्मेवारी पाएसँगै कम्पनीको लोगो पनि परिवर्तन गर्नुभयो । कम्पनीलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?

हाम्रो आधा टिम नयाँ नै छ । हामीले पहिले मार्केट बुझ्यौं । आउँदा टप म्यानेजमेण्ट टिम पुरै ट्रान्जिसनल थियो । त्यसकारण हामीले यसको पर्सेप्सन नै परिवर्तन गरेर न्यु टिम, न्यु फर्म, न्यु लोगो भनेर परिवर्तन गरिदियौँ । लोगोमा नीलो रङ लिगेसीका लागि र रातो प्रयोग गरेर राष्ट्रियताको झलक दिएका हौँ । यो हाम्रो पहिलो स्टेप थियो किनकि विगतले गर्दा हामी मार्केटमा जानै सकेनौँ ।

अबको आगामी योजनाको कुरा गर्दा अहिले तीन वर्षको प्लान एकै वर्षमा मिट भइसकेको छ । यहाँ बीमा साक्षरता नभएको हुँदा गाह्रो छ । तर, हामी टेक्नोलोजी र इनोभेसनमा मुख्य केन्द्रित भइरहेका छौँ । व्यवसायमा शीर्ष ५ मा भित्र पर्ने इच्छा छ । तर, अहिले हाम्रो मुख्य आकाङ्क्षा भनेको स्टेबिलिटीमै हो । हामी स्टेबल प्रोफिटसम्म जाऔँ या स्टेबल टप लाइनसम्म जाऔँ, हाम्रा लगानीकर्ता, सेयर होल्डर्सहरुलाई केही न केही दिन सक्ने स्थितिमा पुगौं । त्यसपछि हामी इनोभेसन र टेक्नोलोजितिर गएर मानिसहरुलाई विश्वास दिलाएर टप लाइन गेन गर्दै जाऔँ भन्ने लक्ष्य छ । अर्को, हामीले अहिलेसम्म लाभांश दिएका छैनौं । त्यसैले यो वर्ष लाभांश दिने हाम्रो लक्ष्य छ ।समयबोध म्यागेजिन, फागुन २०७८ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री