शुक्रबार, ४ जेठ २०८१

आइएमई जनरलको नयाँ बीमालेख सार्वजनिक

समयपोष्ट २०७८ फागुन २३ गते १७:४६

Advertisement

आईएमई जनरल इन्सोरेन्सले नयाँ बीमालेख सार्वजनिक गरेको छ ।

उपत्यकामा एक कार्यक्रम आयोजना गरी कम्पनीले दुर्घटना बीमा, औषधोपचार बीमा र घातक रोग बीमा समेट्ने गरी सोमबार नयाँ बीमालेख आइजिआई ‘हेल्थप्लस’सार्वजनिक गरेको हो ।

यस बीमालेख अन्तर्गत बीमालेखको अधिनमा रही बीमित दुर्घटनाको कारणबाट मृत्यु वा कुनै शारिरीक अंगभंग भएमा ५ लाख देखि १५ लाख रुपैयाँसम्मका सुविधाहरु प्राप्त गर्न सकिने छ।

यस्तै कुनै रोग लागेमा वा दुर्घटना भई शारिरीक चोकपटक लागेमा त्यस्ता रोग र चोकपटकको उपचारको लागि अस्पताल भर्ना भई उपचार गर्न १ लाख रुपैयाँ देखि ५ लाखसम्मको नगद वा सोध भर्ना दुवै तरिकाबाट दाबी भुक्तानी हुने कम्पनीले जनाएको छ ।

Advertisement

यस बीमालेखको अधिनमा रहि बीमालेख जारी भएको ९० दिन पश्चात कुनै प्रकारको घातक रोग लागेको चिकित्सकबाट प्रमाणित भएमा बीमांक रकमको ५ लाख रुपैयाँ तुरुन्तै भुक्तानी हुनेछ ।

यस बीमालेखले परिवारको हकमा श्रीमान,श्रीमति र सन्तान समेटिने छन् । सन्तानको उमेर २ वर्ष देखि २४ वर्ष सम्मको अविवाहित तथा रोजगार नभएको हुनुपर्नेछ ।

यस्तै ५० वर्ष भन्दा माथिको व्यक्तिको घातक रोग विरुद्धको रक्षावरणको लागि अनिवार्य मेडिकल सर्टिफिकेट पेश गर्नुपर्नेछ ।

यस्तै कम्पनीले आइजिआई इजी क्यासलेस क्लेम सेटलमेन्ट सर्भिस पनि सञ्चालनमा ल्याएको छ । कम्पनीले स्पार्क अटोकेयरसँगको सहकार्यमा क्यासलेस क्लेम सेटलमेन्ट सर्भिस ल्याएको हो ।

कम्पनीबाट बीमा भएका चारपाँग्र सवारी साधनको दुर्घटना भएर सवारी साधनमा क्षति हुन गएमा वा तेस्रो पक्षको निजी सवारी साधान क्षतिग्रस्त भइ मर्मत संभार गर्नुपर्ने भएमा दाबी प्रकृया सहज बनाउन सहकार्य भएको कम्पनीले जनाएको छ ।

दाबी गर्नको लागि कम्पनीले उपलब्ध गराएको फोन नम्बरमा एसएमएस, भाइबर, ह्वाट्सएप मार्फत जानकारी गराउन सकिने ।

क्षतिग्रस्त सवारी साधनलाई दुर्घटना स्थलबाट स्पार्क अटोकेयरले २४ घण्टा भित्र सवारी साधन तानेर ल्याउनेछ । अटोकेयरले दुर्घटनाग्रस्त सवारीको जाँच गरी मर्मत संम्भार गर्नेछ । मर्मरगरी सकेपछि अटोकेयरले सवारी साधनका धनी काठमाडौं उपत्यकामा भए घरसम्म पुर्याउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री