मंगलबार, ११ वैशाख २०८१

मैले त मुसो पनि पाउन सकिनँ, तिमीले कहिले पेट बोक्यौ ?

समयपोष्ट २०७४ फागुन २४ गते ९:०२

जुम्ल्याहा बच्चाको आमा बनेको खुलासा गर्दै सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेपछि बलिउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सन्नी लियोनी एकाएक चर्चामा आईन् ।

Advertisement

यससंगै उनी गर्भवती नभई बच्चा पाएको भनेर मजाकको पात्र बनिन् । ड्रामा क्वीन राखी सावन्तले त सन्नीलार्इ उडाएर दुईवटा भिडियोनै इन्स्टाग्राममा पोस्ट गरिन् ।

उनले भिडियोमा भनेकि छिन्,‘हाई सनी लियोनी ! तिमीले जुम्ल्याहा बच्चा जन्माएकोमा म ज्यादै खुशी छु । तिमीलाई बारम्बार शुभकामना । यार, मलाई थाहै भएन तिमीले कहिले पेट बोक्यौ र कहिले बच्चा पायौ ?

एकदम गुपचुप तरिकाले तिमीले यो सब गरिछौ । एकतिर ‘लैला मै लैला’ गीत पनि गर्‍यौ र अर्कोतर्फ बच्चा पनि पायौ । के तिमी लस एन्जेलस गएको बेलामा यी बच्चाहरु जन्मिएका हुन् ?’

त्यसपछि राखीले सिकाइन्, ‘ठीक छ, सुन । बच्चाहरुलाई एकदम राम्रोसँग पालनपोषण गर्नू । राम्रो स्कुल र कलेजमा पढाउनू । जसरी तिमी खरर अंग्रेजी बोल्छेउ नि, बच्चाहरुलाई पनि त्यसैगरी बोल्न सिकाउनू । अनि बच्चा पैदा गर्दै जानू । तिमी एकदम राम्रो गर्दैछौ । किप रकिङ ।’

राखीले अर्को एउटा भिडियो पनि पोस्ट गरेकी छिन् जसमा उनी भन्छिन्, ‘अब त तिम्रा तीन बच्चा भए । तिमीले बिहे पनि गर्‍यौ र बच्चा पनि पायौ । हेर न, मैले त अहिलेसम्म एउटा मुसो पनि पैदा गर्न सकिनँ । अब मैले कसैलाई समात्नैपर्छ मैले पनि केही न केही पैदा गर्नैपर्छ ।’

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री