शुक्रबार, ७ वैशाख २०८१

‘प्रष्ट भए हुन्छ, अब घुस खुवाउनेको काम हुँदैन, खानेको त के–के हुन्छ , हेर्दैजानुस् ’

समयपोष्ट २०७४ फागुन २४ गते ८:२९

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले अब विकासको लडाईँ सुरु भएको बताएका छन् । बिहीबार राजधानीको भृकुटीमण्डपमा आयोजित सातौ अन्तराष्ट्रिय उद्योग व्यापार मेला उद्घाटन कार्यक्रममा बोल्दै यादवले अहिलेससम्म अधिकारको लागि लडिएको भन्दै अब विकासको लडाईँ सुरु भएको बताए ।

Advertisement

कार्यक्रममा मन्त्री यादवले सरकारले भ्रष्ट ठेकेदार,कर्मचारी कसैलाई पनि नछाड्ने चेतावनी समेत दिए । उनले भने, ‘नेता मन्त्री बनेपछि औषधि गर्न विदेश जान्छन् । कर्मचारी असुली गर्न जान्छन् । तस्करहरु कर्मचारीलाई घुस खुवाउन जान्छन् । अब हामी यस्ता धन्दा बन्द गराउँछौं ।’

५ वर्षमा देशलाई नमुना बनाउने दाबी गर्दै यादवले त्यसको लागि गलत काममा लाग्नेलाई कडा भन्दा कडा कारबाही गरिने बताए ।
उनले भने, ‘ अब प्रष्ट भए हुन्छ, घुस खुवाउनेको काम अब हुँदैन । खानेको त के–के हुन्छ , हेर्दैजानुस् ।’

यादवले देशको अर्थतन्त्र छाता जस्तो होइन पिरामिड जस्तो हुनुपर्ने धारणा समेत राखे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री