मंगलबार, ८ जेठ २०८१

डी.ए.भीद्धारा लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजन

समयपोष्ट २०७८ फागुन २२ गते ११:४१

Advertisement

डी.ए.भी शुशील केडिया विश्व भारती विद्यालयमा नेपाली साङ्गीतिक क्षेत्रमा लब्धप्रतिष्ठित, व्यक्तित्व, अभिभावक र विद्यार्थीहरुको उपस्थिति बिच स्व लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली सभा आयोजन गरिएको छ ।

कार्यक्रममा लता मङ्गेश्करको वृत्तचित्र प्रर्दशन गरिएको थियो । नेपाली साङ्गीतिक क्षेत्रकी सदावहार गायिका मनिला सोताङ्गले प्रमुख अतिथि उपस्थित रहेकी थिइन। त्यस्तै विशिष्ट अतिथि बबिता मानन्धर रहेकी थिइन् । दुवै गायिकाले उक्त कार्यक्रममा लता मङ्गेश्करप्रति समर्पित रहि साङ्गितिक प्रस्तुती दिएका थिए ।

सोही अवसरमा विद्यालयका अध्यक्ष अनिल केडियाले लता मङ्गेश्कर भारतमा मात्र नभएर विश्वमै एक उत्कृष्ट गायिकाको रुपमा स्थापित रहेको उल्लेख गर्नुभयो । उहाँले लताप्रति समर्पित रहि साङ्गितिक प्रस्तुती दिनुभयो ।

Advertisement

त्यस्तै विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले लता मङ्गेश्कर स्वरको माध्यमबाट विश्व समुदायलाई प्रेम र विश्वासमा आबद्ध गर्न सफल भएको बताउनुभयो । उहाँले लता मङ्गेश्करलाई एक साङ्गितिक विश्वविद्यालयको रुपमा समेत चर्चा गर्नुभयो ।

सोहि अवसरमा प्राथमिक विद्यालय तहका विद्यार्थीहरुले ब्यालेट नृत्य, निम्न माध्यामिक विद्यालयक तहका विद्यार्थीहरुले नेपाली, हिन्दी फ्युजन नृत्य र माध्यामिक तहका विद्यार्थीहरुले थेमेटिक नृत्य प्रर्दशन गरे । त्यसैगरि संगीत विभागका प्रमुख जय श्रीवास्तव र अङग्रेजी शिक्षिका शशिल्ता राइले लता मङ्गेश्करद्वारा गाइएको युगल गित प्रस्तु गरे ।

डी.ए.भी विद्यालयकै कक्षा ९ की एरिका चौधरी र कक्षा ११ का सुमित श्रीवास्तवले गायिका स्व लता मङ्गेश्कर र गायक रामकृष्ण ढकालद्वारा गाइएको गित बाचुन्जेलीलाई प्रस्तुत गरे । कार्यक्रमलाई भव्य एवं सभ्य बनाउन प्रथम महिला सुनिता केडिया लगायत सम्पूर्ण विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति थियो। सोही अवसरमा नेपाल भारत मैत्रि समाज सम्बद्ध बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । विद्यालयले स्व गायिका लत मङ्गेश्करको सम्झनामा हरेक वर्ष सांगीतिक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री