शुक्रबार, १६ चैत २०८०

अन्डरवर्ल्डका डन दाउदका सहयोगी २५ वर्षपछि दुबईबाट पक्राउ

समयपोष्ट २०७४ फागुन २४ गते ७:१५

भारतीय अन्डरवर्ल्डका डन दाउद इब्राहिका निकट सहयोगी फारुक टकला २५ वर्षपछि दुबईमा पक्राउ परेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार उनलाई बिहीबार एयर इन्डियाको फ्लाइटबाट मुम्बई पुर्याईएको छ ।

Advertisement

उनलाई आजै विशेष टाडा अदालतमा उपस्थित गराउने तयारी गरिएको बताईएको छ । सन् १९९३ को मार्च महिनामा मुम्बईमा भएको श्रृङ्खलाबद्ध १२ बम विष्फोटको घटनामा उनी संलग्न भएको खुलासा भएसंगै उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा सन् १९९५ मा रेड कर्नर नोटिस जारी भएको थियो ।

विष्फोटमा २ सय ५७ जनाको मृत्यु भएको थियो भने ७ सय जनाभन्दा बढी घाइते भएका थिए ।

यही घटनामा मुम्बई हमलाका मास्टरमाइन्ड टाइगर मेमनका भाई याकुब मेमनलाई सन् २०१५ मा फाँसी दिइएको थियो । अन्डरवर्ल्डका डन दाउद इब्राहिम पनि १९९३ देखि नै फरार छन् ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री