शुक्रबार, १६ चैत २०८०

पूर्वसांसदले गायब बनाए ३१ ल्यापटप

समयपोष्ट २०७४ फागुन २४ गते १:३९

संसद सचिवालयका ३१ वटा ल्यापटप पूर्वसभासदले गायव पारेका छन्। सभासद रहँदा सचिवालयले सुविधाबापत दिएको ल्यापटप कार्यकाल सकिएको लामो समयसम्म पनि उनीहरुले फिर्ता गरेका छैनन्।

Advertisement

३१ वटा ल्याटप फिर्ता नभएको सचिवालयले जनाएको छ। ल्यापटप पचाउनेहरुको सूचीमा पहिलो संविधानसभामा निर्वाचित भएकासमेत छन्।

कानुनतः कार्यकाल सकिएको सात दिनभित्र सांसद तथा संसदका पूर्वपदाधिकारीले सचिवालयबाट उपयोग गर्दै आएका सेवासुविधा फिर्ता गर्नुपर्छ।

संघीय संसदको पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा यो व्यवस्था छ । तर, फिर्ता नगरे के कारवाही हुने भन्ने स्पष्ट नभएकाले कतिपय पुर्वसभासदुले सामान आफैँ राखेको सचिवालयका कर्मचारी बताउँछन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ

प्रतिक्रिया

सम्बन्धित सामाग्री