शुक्रबार, ४ जेठ २०८१

सूर्या लाइफको नयाँ बीमा योजना ‘सूर्या सुरक्षा कवज’ सार्वजनिक, १ करोडको बीमा प्रति महिना १२ सयमा

समयपोष्ट २०७८ फागुन १८ गते १२:००

Advertisement

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या सुरक्षा कवज’ बीमा योजना सार्वजनिक गरेको छ । १८ वर्षको उमेर समुहले रु १ करोडको बीमाङ्कमा वार्षिक रु १४,५५० वा मासिक रु १२ सयमा नै जीवनको रक्षावरण गर्न सकिने कम्पनीले जनाएको छ ।

१८ देखि ६५ वर्षका सबै नागरिक सुरक्षित र जीवनको रक्षावरण होस भन्ने अवधारणलाई आत्मसात गरी सम्भवत नेपालको बीमा बजारमा सबैभन्दा न्यून बीमाशुल्कमा यो जीवन बीमा प्रचलनमा ल्याईएको छ । सूर्या सूरक्षा कवज न्यूनतम १ लाख देखी आय श्रोतको आधारमा जति पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

जोखिम बहनका साथै अतिरिक्त क्रिया खर्च सहितको सुविधा भएको यो योजनालाई अन्य योजनाहरुसंग समिश्रण गरी थप जोखिम बहन हुने गरी लिन सकिने छ । १ देखि ३० वर्ष सम्म बीमा अवधि भएको, यो जीवन बीमा योजनामा बीमितको इच्छानुसार एकल भुक्तानी वा बार्षिक, अर्धबार्षिक, त्रैमासिक तथा मासिक किस्तामा बीमाशुल्क रकम बुझाउन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

हालको विषम परिस्थितिमा आर्थिक क्षेत्रमा आएको मन्दी तथा कोरना भाइरसले जनजीवनमा देखिएको त्रस्तताका कारण समेत जीवनको रक्षावरण गर्न अपरिहार्य रहेको सन्दर्भमा सूर्या सूरक्षा कवज लोकप्रिय हुने कम्पनीको विश्वास छ ।

Advertisement

बीमा गर्दा ठुलो धनराशीको आवश्यकता पर्ने भ्रम जनमानसमा रहेको अवस्थामा यो जीवन बीमा योजनाले बीमालाई हेर्न दृस्टिकोणमा सकरात्मक प्रभाव पर्ने र बीमाको दायरा फराकिलो बनाउनमा सहयोग गर्ने पुर्ण विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री