बुधबार, २५ असार २०८२

राष्ट्रपतिमा कुमारी लक्ष्मीले दर्ता गराईन् उम्मेदवारी

समयपोष्ट २०७४ फागुन २३ गते ७:४८

नेपाली कांग्रेसकी नेतृ कुमारी लक्ष्मी राईले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।

Advertisement

नयाँ बानेश्वर स्थित संसद सचिवालयमा रहेको निर्वाचन अधिकृतको  कार्यालयमा गई  राईले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, सुरेन्द्र पाण्डे, देवेन्द्रराज कँडेल र पार्वती डीसी चौधरी छन् भने मेखलाल श्रेष्ठ राधा घले लगायत समर्थक छन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राईले आफू विद्या भण्डारी भन्दा सिनियर भएको बताइन् ।

पार्टीको निर्णय अनुसार उम्मेदवार बनेको बताउँदै उनले वर्तमान राष्ट्रपतिसँग प्रतिस्पर्धा गर्न पाउँदा खुसी नै लागेको बताइन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री