बिहीबार, १३ वैशाख २०८१

भण्डारीले उम्मेदवारी दर्ता गराउँदा देखिएनन् झलनाथ

समयपोष्ट २०७४ फागुन २३ गते ७:३३

राष्ट्रपति विद्या भण्डारीले दोस्रो पटक राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।

Advertisement

भण्डारीले बुधबार दिउँसो नयाँ बानेश्वर स्थित संसद सचिवालयमा रहेको निर्वाचन अधिकृतको  कार्यालयमा गई उम्मेदवारी दर्ता गराएकी हुन् ।

 

भण्डारीको प्रस्तावकमा एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र  माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती छन् ।

उनको समर्थकमा माओवादीका रामबहादुर थापा बादल, एमालेका विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् ।

भण्डारीले उम्मेदवारी दर्ता गराउँदा प्रधानमन्त्री केपी शर्मा ओली लगाएतका धेरै एमाले नेताहरुको उपस्थिती थियो तर झलनाथ खनाल भने भण्डारीले उम्मेदवारी दर्ता गराउँदा देखिएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री