शुक्रबार, १४ वैशाख २०८१

माग पूरा नभए अनिश्चितकालीन बन्द गर्ने चेतावनी

समयपोष्ट २०७४ फागुन २३ गते ५:१९

डोल्पा सदरमुकाम दुनै एकसाता देखिको बन्दपछि बुधबार बिहानैदेखि खुलेको छ । सदरमुकाम दुनैमा रहेको ठूलीभेरी नगरपालिकाको केन्द्र जुफाल सारिएपछि सदरमुकामवासीले एक सातादेखि आन्दोलन जारी राखेका थिए ।

Advertisement

बन्दका कारण शैक्षिक संस्था, बैंकिङ कारोबार, दैनिक उपभोग्य वस्तुहरुको आपूर्तिमा सरकारी तथा गैह्रसरकारी कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह समेतलाई मध्यनजर राख्दै बुधबारदेखि बन्द खुलाइएको आन्दोलन संघर्ष समिति डोल्पाले जनाएको छ ।

बुधबारदेखि बन्द खुलाइए पनि सांकेतिक आन्दोलन र वैचारिक आन्दोलनलाई जारी राखिने बताइएको छ । यसअन्तर्गत शान्तिपूर्ण विरोध सभा, हस्ताक्षर संकलन अभियान र कालो झण्डा प्रदर्शन लगायतका सांकेतिक कार्यक्रम जारी राख्ने आन्दोलन संघर्ष समितिका संयोजक हिक्मत शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार छोटो अवधिमा आफूहरुको माग पूरा नभए पुनः आन्दोलनको स्वरुपमा परिवर्तन गरेर अनिश्चितकालीन बन्द गरिने समेत संयोजक शाहीले बताउनुभयो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री