शुक्रबार, १४ वैशाख २०८१

समस्यामा महिला कैदीबन्दीः आमासँगै छोरी पनि जेलमा

समयपोष्ट २०७४ फागुन २३ गते १:३६

विभिन्न अभियोगमा कारागारमा जीवन बिताइरहेका कैदीबन्दी महिला विभिन्न समस्या भोग्न बाध्य हुने गरेका छन् ।

Advertisement

आजको अन्नपूर्ण पोस्टमा खबर छ, कारागारभित्र सजाय भुक्तान गरिरहेका तथा मुद्दा खेपिरहेका महिला कैदीबन्दी कानुनी अधिकारबाट बञ्चित हुँदा समस्यामा पर्ने गरेका छन् ।

१५ जना कैदीबन्दी रहेको बर्दिया कारागारमा एक जना बालिका पनि आमासँगै जेलजिवन बिताइरहेकी छन् ।

छोरी जन्मेको दुई महिनामै कारागारमा आउनुपरेको बाह्रबर्दिया नगरपालिका ११ निवासी सीता चौधरीले बताइन् ।

दुई बर्ष अघि गर्भवती हुँदा छोरीसहित आफू पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेकी थिइन् ।

दुर्भाग्यवश एउटी छोरीको निधन भयो । एउटी छोरी र सीता बाँचे । त्यसपछि उनी छोरीसहित कारागारमा कैद भुक्तान गर्न बाध्य भइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री