बुधबार, २६ वैशाख २०८१

राष्ट्रपतिको उम्मेद्वार तय गर्न एमाले स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

समयपोष्ट २०७४ फागुन २२ गते १२:३७

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैंठकले भावी राष्ट्रपतिको उम्मेद्वार तय गर्ने छ ।

Advertisement

बाम गठबन्धनको सहमतिअनुसार राष्ट्रपति एमालेको कोटामा छ । तर, यसमा २ जना आकांक्षी छन् । आकांक्षीलाई लिएर एमालेभित्र नेता विभाजित छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुन दोहोरिने आकांक्षा राखेकी छन् भने पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता झलनाथ खनालले आफूलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा उभ्याएका छन् ।

उनले गत मंसिरमा भएको निर्वाचनको मतदानपछि नै आफु राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरेका थिए ।

एमालेभित्र पछिल्ला दिन राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा बहस सुरु भएको थियो ।

Advertisement

एमाले नेताहरुका अनुसार ओली भण्डारीलाई नै निरन्तरता दिने पक्षमा छन् । त्यसका लागि उनले पूर्व पदाधिकारीको भीड बढाउन नहुने भन्दै नजिककालाई बोल्न लगाइसकेका छन् ।

त्यसैले आजको बैठकमा पनि ओलीले भण्डारीकै नाम अघि सार्ने लगभग पक्का जस्तै छ । तर, बैठकमा अर्का आकांक्षी खनाल पनि देखिने छन् ।

यदि स्थायी समितिमा सर्वसम्मत निर्णय नभए बहुमतका आधारमा समेत निर्णय गर्नुपर्ने भए त्यसका लागि एमाले नेता तयार देखिएका छन् ।

एमालेमा रहेको २७ सदस्यीय स्थायी कमिटीमध्ये २२ जनाले मात्र मतदान गर्न पाउनेछन् । जसमध्ये अहिलेको समीकरणमा ओली पक्षका १० र खनाल पक्षमा १० जनाको मत पर्ने देखिएको छ ।

४ आमन्त्रित सदस्य र एक पदेन सदस्यको मताधिकार नभएकाले २२ जना निर्णायक हुनेछन् । पार्टी अध्यक्षले मत बराबर भए निर्णायक मत दिन पाउने व्यवस्था छ ।

राष्ट्रपतिका विषयमा नेता माधवकुमार नेपाल मौन छन् । राष्ट्रपतिमा सर्वसम्मत नभइ मतदान भए नेता नेपालको मत निर्णायक हुने कतिपय एमाले नेताहरुको बुझाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री