शुक्रबार, १४ वैशाख २०८१

सन्नी बनिन् जुम्ल्याहा सन्तानकी आमा

समयपोष्ट २०७४ फागुन २२ गते ८:५०

भारतीय अभिनेत्री तथा पूर्व पोर्नस्टार सन्नी लियोनी फेरि आमा बनेकी छन् । जुम्ल्याहा बच्चाको तस्बिर सामाजिक संजालमा शेयर गर्दै सन्नीले आफू आमा बनेको जानकारी दिएकी हुन् ।
गतबर्ष एक बच्चालाई धर्म माताको रुपमा शरण दिएकी लियोनीले यस पटक पनि श्रीमानका साथ जुम्ल्याहा बच्चाको तस्बिर शेयर गरेकी छन् ।

Advertisement

सामाजिक संजालमा तस्बिर शेयर गर्दै सन्नीले लेखेकी छन् ‘यो इश्वरको कृपा हो । २१ जुन २०१७ मा श्रीमान् र मलाई थाहा थियो की केही समय पछि हामी तीन बच्चाको आमा बुबा बन्दैछौ ।’
‘हाम्रो कोसिसले अशर सिंह वेबर, नोहा सिंह वेबर र निशा कौर वेबरका साथ परिवार पुरा भएको छ ।’

उनले अगाडि लेखेकी छन् ‘हाम्रो छोराको जन्म केही दिन पहिले मात्र भयो । तर मन र आँखामा उ धेरै बर्ष पहिले देखी थियो ।’ इश्वरले आफ्ना लागि खास योजना बनाएर ठुलो परिवार दिएको समेत लेखेकी सन्नीले तीन बच्चाबाट आफु खुसी रहेको उल्लेख गरेकी छन् ।

सन्नीका पतीले पनि तस्बिर शेयर गर्दै जीवनको अबको यात्रा करन, निशा र नोहाका साथ पनि हुने लेखेछन् ।
सन्नी दम्पतीले सोशल मिडियाबाट तस्बिर सार्वजनिक गरेलगत्तै धेरैले बच्चा सन्नी आफैले जन्माएको हो वा होइन जिज्ञासा राखेका थिए । सो जिज्ञासा मेटाउदै सन्नीले अशर र नोहा आफ्नो बायोलोजिकल बच्चा भएको बताएकी छन् । उनले लेखेकी छन् ‘हामीले केही बर्ष पहिले परिवार पुरा गर्न सरोगेसीका बिकल्प रोजेका थियौ । सो पुरा भयो । म अहिले निकै खुसी छु ।’

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री