मंगलबार, १४ असार २०७९

सेयर बजारको तिब्र गिरवाटले लगानीकर्ताको मनोबल खस्किएको बेला पुर्व अर्थमन्त्रीको यस्तो ट्विट

समयपोष्ट २०७४ फागुन २२ गते ४:५४

सेयरबजारमा पछिल्लो साता उच्च गिरावट देखिएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले ओरालो लागेको नेप्से परिसूचकले
बाम गठबन्धनको सरकारले लिएको आर्थिक समृद्धि र दुई अंकको आर्थिक बृद्धिदरको नारालाई व्यंग्य गरेको टिप्पणी गरेका छन् ।

Advertisement

सामाजिक संजाल ट्वीटर मार्फत आफ्नो धारणा सार्वजनिक गर्दे पूर्व अर्थमन्त्री महतले चुनाव परिणामपछि नेप्से परिसूचक २४० अंकले घटेको उल्लेख गरेका छन् ।

लगानी प्रवद्र्धनको लागि भाषण भन्दा विश्वासको वातावरण बढाउन ठोस कार्य र मैत्रीपूर्ण व्यवहार आवश्यक रहेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री