बिहीबार, १५ चैत २०८०

प्रदेश नं ३ को नाम ‘नेपालमण्डल’ !

समयपोष्ट २०७४ फागुन २० गते १३:५८

प्रदेश नं ३ को प्रदेशसभाका सदस्य डा अजयक्रान्ति शाक्यले सो प्रदेशको नाम ‘नेपालमण्डल’ राख्नु सबै दृष्टिकोणबाट उचित हुने बताउनुभएको छ ।

Advertisement

लिच्छविकालदेखि यस प्रदेशमा रहेका क्षेत्रलाई ‘नेपालमण्डल’ भनिएको जनाउँदै नेकपा (एमाले) समानुपातिक सांसद् शाक्यले भूगोल, जनसंख्या र पहिचानका आधारमा सो नाम उचित हुने जनाउँदै नेवाः, ताम्सालिङ वा वागमती जोडिएका नामले सबै आधारलाई समेट्न नसक्ने जनाउनुभयो ।

आफ्नो अवधारणा आज यहाँ पत्रकारहरुलाई जानकारी गराउँदै उहाँले प्रदेशको स्थायी राजधानीका लागि काभ्रेको पाँचखाल, मण्डनभ्याली वा पलान्चोक भगवती उपयुक्त हुने पनि स्पष्ट गर्नुभयो ।

सो प्रदेशसभाले पहिले राजधानीबारे निर्णय गरेपछि नामकरणको कार्यसूचीमा छलफल गर्ने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री