बुधबार, १२ वैशाख २०८१

प्राइम लाइफले तय गर्यो बुक क्लोज मिती, साधारण सभा कहिले ?

समयपोष्ट २०७४ फागुन २० गते ६:४१

प्राइम लाइफ इन्स्योरेन्सले बुकक्लोज मिती तय गरेको छ । कम्पनीले गत आर्थिक बर्षकाे नाफाबाट १६० प्रतिशत हकप्रदले समेत पाउने गरि प्रस्ताव गरेको १२.५ प्रतिशत बोनस वितरण गर्न फागुन ३० गते बुकक्लोज गर्ने भएको हो ।

Advertisement

यसअनुसार फागुन २९ गतेसम्म कायम सेयरधनीले मात्र बोनस पाउनेछन् ।
कम्पनीले चैत १४ गते बुधबार अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे ११ औं बार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले हकप्रद पश्चात कायम हुने चुक्ता पूँजी एक अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँको १२.५ प्रतिशतले हुने १९ लाख ८३ हजार १५० कित्ता सेयर वितरण गर्ने प्रस्ताव पारित गर्देछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री