बिहीबार, ६ वैशाख २०८१

सारा ड्रेसका कारण ट्रोल : प्रशंसकले भने- ब्लाउजले पनि सोचिरहेको होला अब खस्यो, अब खस्यो

समयपोष्ट २०७७ चैत १८ गते २०:११

Advertisement

सारा अली खान आफ्नो पछिल्लो पहिरनका कारण निकै ट्रोल भएकी छिन् ।

चर्चित डिजाइनर मनिष मल्होत्राको ब्याकलेस ड्रेस का कारण उनी ट्रोलको सिकार भएकी हुन् ।

सेलिब्रिटी फोटोग्राफर विरल भयानीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेका तीन तस्विरमा प्रयोगकर्ताहरुले वाहियात, बकवासजस्ता कमेन्ट गरेका छन् ।

प्रयोगकर्ताले लेखे, ‘थोरै कपडा ब्लाउजमा पनि राखिदिएको भए’

सारा अली खानको ड्रेसमा एक प्रयोगकर्ताले लेखे, ‘जति कपडा लेहेङ्गाको स्कर्टमा प्रयोग गर्नुभएको छ, त्यसको थोरै ब्लाउजमा पनि लगाइदिएको भए… यस्तो वाहियात ब्लाउज कुन बेहुलीले लगाउलान् ?’

अर्का एक प्रयोगकर्ताले लेखे, ‘कसले लगाउँछ यस्तो डिजाइनको ब्लाउज । ब्लाउजले पनि सोचिरहेको होला अब खस्यो, अब खस्यो ।’

प्रयोगकर्ताले डिजाइनर मनिष मल्होत्रालाई पनि छोडेनन् । एक प्रयोगकर्ताले लेखे, ‘डिजाइनर, थोरै सोचेर बुझेर मात्रै कपडा बनाउ ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो कस्तो वाहियात ड्रेस हो ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री